विचार/ब्लग

‘हामी एसियाभर शान्ति र स्थायित्व चाहन्छौं’

284views

सभ्यता निर्माणका क्रममा एसियाका मानिसले एकदमै ठूला उपलब्धि हासिल गरेका छन् । मलाई लाग्छ, द बुक अफ सङ्स, कन्फ्युसियसको दर्शनको सँगालो, तालमड, एक हजार र एक रात, ऋग्वेद र गेन्जी मोनोगतारीजस्ता श्रेष्ठ साहित्य, पुराना लिपि, नक्सा, सिसा, अरबी अंक, कागज निर्माण र छपाइ प्रविधि अनि ग्रेटवाल, मक्का, ताज महलजस्ता ऐश्वर्यपूर्ण संरचना यसका उदाहरण हुन् ।

मानव सभ्यताका अमूल्य निधि हुन् यी । एक–अर्कासँगको अन्तरक्रियाका माध्यमबाट एसियाली सभ्यताले एकअर्कालाई समृद्ध बनाएका छन् भने विकासको महाकाव्य लेखेका छन् ।एसियाका हाम्रा पुर्खाहरू धेरै पहिलेदेखि नै एकअर्काको सभ्यता साटासाट र ज्ञान आदान–प्रदानमा संलग्न थिए । सिल्क रोड, टी रोड र स्पाइस रोडजस्ता प्राचीन व्यापार मार्गले रेसम, चिया, माटाका भाँडाकुँडा, मसला, चित्रकला र मूर्तिकलालाई एसियाभर विस्तार गरे । व्यापार तथा संस्कृति आदान–प्रदानका हिसाबले एकअर्काका सभ्यतासँग साक्षात्कार गरे ।

आज ‘टु करिडोर एन्ड वान बेल्ट’, युरेसिया इकोनोमिक युनियन र अन्य अभियानसहित बेल्ट एन्ड रोड इनिसियटिभका कारण एकअर्काको सभ्यता साटासाट र सिकाइ बृहत् रूपमा फैलिएको छ  । विज्ञान, प्रविधि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनता–जनता बीचको सहकार्य फस्टाउँदो छ ।

विश्वमा एसियाली महान् सभ्यताको विशेष स्थान छ । यसले मानव सभ्यतामा विविधता थपेको छ । एसियाको धर्म, दर्शन, नैतिक आचरण, कानुन, साहित्य, चित्रकला, नाट्य अनि गाउँ–सहरका भवनहरूले विश्वमा के योगदान दिन सक्छन् ? यिनले एसियाको सामाजिक रीतिथिति, अजम्बरी, श्रेष्ठ र उत्कृष्ट कलाको गौरवमय उपलब्धिको आयतनबारे जानकारी दिन्छन् ।

यिनले विश्व सभ्यतालाई समृद्ध विकल्प प्रदान गर्छन् ।हाम्रा विगतको समीक्षा गर्दै एसियाबाहिर हेर्दा हाम्रो सभ्यताले ठूलो आत्मविश्वास दिन्छ । हामीले पुर्खाहरूको समृद्ध सम्पदालाई आकार दिन सक्छौं, अन्य सभ्यतासँग सहकार्य गर्न सक्छौं र आपसी सिकाइलाई बढावा दिन सक्छौं । यसो गर्दै हामीले एसियाली सभ्यतामा नयाँ कीर्ति थप्न सक्छौं ।

हामी एसियाली देशहरू निकट छौं र आत्मीयताको प्राकृतिक बन्धनमा बाँधिएका छौं । हामी एउटै ऐतिहासिक कालखण्डबाट गुज्रियौं र भविष्यका लागि एउटै सपना साँचेका छौं । अझ भन्नुपर्दा, विश्व कता गइरहेकोछ भनी हामीले हेक्का राख्नुपर्छ, समयको शैलीमा हिँड्नुपर्छ र समृद्ध जीवन जिउने हाम्रा जनताको चाहनालाई यथार्थमा परिणत गर्नुपर्छ ।

हामी एसियाभर शान्ति र स्थायित्व चाहन्छौं । शान्ति कायम राख्नु हरेक देशको दायित्व हो । जब द्वन्द्व र युद्धले शान्ति अवरोध हुन्छ तब आर्थिक वृद्धि, सभ्य जीवन, सामाजिक स्थायित्व र जनताबीचको सम्बन्ध पनि खलबलिन्छ । हामी एसियाका जनता खुसी र सुरक्षित अवस्थामा बाँच्न र काम गर्न चाहन्छौं । हामीलाई आशा छ, सबै देशले एकअर्कालाई सम्मान र विश्वास गर्नेछन् ।

हामी ऐक्यबद्ध भए बस्नेछौं र सीमा, समय र स्थानका साथै मानवीय सभ्यतामा भएको भिन्नताको सम्मान गर्नेछौं । हामीले शान्तिका लागि ऐक्यबद्ध भएर काम गर्नुपर्छ किनकि कहिलेकाहीँ यो सुनभन्दा पनि मूल्यवान् हुने गर्छ ।हामी एसियामा साझा समृद्धि चाहन्छौं । आर्थिक वृद्धिले सभ्यतालाई सघाउँछ र समृद्धिले देशको प्रगतिलाई बलियो बनाउँछ । एसियाका केही भागका जनता, महिला र विशेष गरी बालबालिका अहिले पनि गरिबी, भोकमरी र रोगबाट प्रताडित छन् । यो अवस्थाको अन्त्य हुनैपर्छ । हामी गरिबीरहित सभ्य जीवन चाहन्छौं ।

हामीलाई आशा छ, देशहरूले आर्थिक विश्वव्यापीकरणको प्रवर्धनका लागि सहकार्य गर्नेछन् र यसलाई अझ बढी खुला, समावेशी, सन्तुलित र सबैका लागि लाभदायक बनाउनेछन् । यसले गर्दा केही देशमा व्याप्त गरिबी र पछौटेपन निवारणका लागि सहयोग पुग्नेछ । यसले हाम्रा सन्ततिलाई चिन्तामुक्त र परिवारलाई खुसी तुल्याउनेछ ।

हामी खुला र जोडिएको एसिया चाहन्छौं  । पछिल्ला दशकमा भएको एसियाको तीव्र विकासले के देखाउँछ भने बाहिरी विश्वका लागि ढोका खुला गर्नु र विश्वव्यापी आर्थिक विकासको शैली पछ्याउनु महत्त्वपूर्ण छ ।देशहरूले आफ्नो ढोका बन्द गर्ने र आफैंमा हराउने विकल्प छाने भने मानव सभ्यता एकअर्काबाट विच्छेद हुन्छ र सबै सामथ्र्य हराएर जान्छ ।

हामीलाई के आशा छ भने सबै देशले निषेध त्याग्नेछन् र एकता, खुलापन र प्रवर्धनको नीति साथै पूर्वाधार, व्यापार र आर्थिक तथा जनताबीचको सम्पर्क प्रवर्धनको नीति अंगीकार गर्नेछन् । यस हिसाबमा हामीले हाम्रो एसियाली समुदाय र मानवीयताको भविष्य संवर्धन गर्न सक्छौं ।

विविधताले सभ्यताहरूबीचको अन्तरक्रियालाई बढावा दिन्छ, जसकारण आपसी सिकाइ र भविष्यको विकासको प्रवर्धन हुन्छ । हामीले विश्वभरका देश, राज्य र संस्कृतिहरूबीचको सहकार्य र आपसी सिकाइको प्रवर्धन गर्नुपर्छ । एसिया तथा मानवताका लागि साझा भविष्य तय गर्नुपर्छ । मलाई लाग्छ, यसका लागि हामीले निम्नानुसार काम गर्नुपर्छ ।

पहिलो, हामीले एकअर्कालाई सम्मान गर्नुपर्छ र समान व्यवहार गर्नुपर्छ । सबै मानिसको आफ्नै फरक सांस्कृतिक वातावरण हुन्छ । हरेकसँग आफ्नै देश र राज्यअनुसारको ज्ञान र दृष्टिकोण हुन्छ र हरेकका लागि त्यो विशेष हुन्छ । जसरी मानिसहरू छालाको रंग र भाषाका आधारमा फरक हुन्छन् । त्यसरी नै सभ्यताहरू पनि फरक हुन्छन् । कुनै पनि सभ्यता अर्कोभन्दा माथि हुन्न । कुनै जात र सभ्यता अर्कोभन्दा ठूलो हुन्छ भन्नु मूर्खता हो । सबै सभ्यतालाई एउटै रंगरूपमा ढाल्ने हो भने यो विश्व बस्नका लागि एकदमै नीरस हुन्छ ।

हामीले गर्ने भनेको एकअर्कालाई समान सम्मान र पूर्वाग्रहको त्याग हो । एसियाली सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र हाम्रो सभ्यताको दिगोपनाका लागि अन्य देशसँग काम गर्न चीन तयार छ ।दोस्रो, विश्वभरका सभ्यता र विविधताको हामीले सम्मान गर्नुपर्छ । हरेक सभ्यता मानव सिर्जनाको परावर्तन हो र हरेक सभ्यता आफ्नै विशेषताका कारण सुन्दर छ । सभ्यताहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन । हामीलाई हरेकमा सुन्दरता देख्ने आँखाचाहिँ चाहिएको छ ।

सी चिनफिङ जीवनीबाट

(बेइजिङमा १५ मे २०१९ मा ‘कन्फ्रेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन्स’ उद्घाटनमा दिएको मन्तव्य)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.