युके विशेष

नरेश काङमाङको ‘पानी पतिया’ प्रकाशित हुँदै

354views

साहित्यकार नरेश काङमाङ राईको नयाँ निबन्धसङ्ग्रह ‘पानी पतिया’ यही वैशाख दोस्रो साता प्रकाशित हुने भएको छ ।

पुस्तकमा गोर्खा लाहुरेलाई कसरी हिन्दुकरण गरियो भन्ने विषय केन्द्रमा राखिएको छ । साथै गोर्खा लाहुरेमाथि भएका विभेद, अन्याय र असमानताको विषय पनि उठाइएको छ । खोज अनुसन्धानमा आधारित लेखहरूलाई लेखक काङमाङले निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन् । विगत दुई सय वर्षदेखि आजसम्म चलिरहेको ब्रिटिस गोर्खा भर्तीमाथि पनि उनले आलोचनात्मक विवेचना गरेका छन् ।

लेखक काङमाङको यसअघि ‘तेप्लायु’ कवितासङ्ग्रह, ‘एघार नोभेम्बर’ कथासङ्ग्रह लगायत दश थान पुस्तक प्रकाशित छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.