खेलकुद

टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

255views

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । टी–२० विश्वकप २०२४ अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेका छन् ।

दुई देशमा भइरहेको खेलमा यसअघि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीप विश्वकप खेल्न जान पाएका थिएनन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीप वेस्ट इन्डिजमा हुने खेलहरुमा सहभागी हुने बताएको छ । 

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका थिए । तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले बताएको छ ।

क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको थियो ।

जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन पाएपछि वेस्ट इन्डिज पुगेर लामिछानेले खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी तथा बलात्कार मुद्दामा सफाइ दिलाउन बहस गर्ने अधिवक्तालगायतको ठूलो प्रयासबाट सम्भव भएको भन्दै सन्दीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन्।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.