समाचार

‘प्रतिभा नक्षत्र’को तयारी पुरा : यही अगस्ट २६ गते वुलविचमा हुँदै

863views

यही अगस्ट २६ गते सोमबार हुने ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करणको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ ।

युकेमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम लण्डनको वुलविचको ‘सेन्ट ग्यारिसन हल’ (SE18 6BW) मा हुँदैछ ।

कार्यक्रममा नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकला लगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । यसको अलावा बालबालिकाका अभिभावक र युवाहरूले पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुति देखाउने छन् ।

कार्यक्रममा नेपाली संस्कृति झल्काउने खानाहरू, नेपाली खेलहरू, नेपाली घरहरू, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढिकी, जाँतो, नेवारी परिकार, खस, गुरुङ, मगर समुदायको मौलिकता झल्काउने स्टलहरू, लाखेनाच, कुमारीनाच, पञ्चेबाजालगातयतका विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै कला, साहित्य पनि कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् ।

कार्यक्रम सञ्चालन स्थानीय समयानुसार बिहान १० देखि राति ८ बजेसम्म हुनेछ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.