युके विशेषसमाचार

गैरआवासीय नागरिकतामा देखिएका समस्याहरू हल हुने क्रममा छ : अध्यक्ष केसी

806views

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नागरिकता लिएका नेपालीलाई आर्थिक सामाजिक सांस्कृतिक र सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्न ऐनहरू बन्ने र परिमार्जनको काम तीव्रताका साथ अगाडि बढेको बताएका छन् । लेस्टर सहरमा मंगलबार आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै केसीले अधिकार सुनिश्चित गर्ने सरकारको पनि दृढ मनसाय भएको र सबैकुरालाई समन्वय गरेर निर्णायक मोडमा पुग्न समय लाग्ने संकेत गरे ।

‘गैरआवसीय नागरिकता लिन सुरुवाती चरणमा देखिएका जटिलताहरूलाई हटाइ सहज बनाइसकेको छ’, उनले भने ‘पुरानै नागरिकता नम्बर पनि उल्लेख गराउनुको उदेश्य पुरानो नागरिकताअन्तर्गत रहेका सम्पत्तिहरू नयाँ नागरिकतामा स्वत: निरन्तरता होस् भन्ने हो। यसको लागि सम्बन्धित निकायसँग छलफल चलिरहेको छ ।’

‘गैरआवासीय नेपाली संघ युरोप’को समन्वय उपसंयोजक महेश अधिकारीको संयोजन र बेलायतको मिडल्याण्डका संस्थाहरूको सहभागितामा आयोजित “एनआरएनएको आधार नागरिकता र सम्पत्तिको अधिकार” विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सृजनशील लेस्टर नेपाल युकेका अध्यक्ष पुण्डरि अर्यालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैरआवसीय संघ युरोपका उपसंयोजक महेश अधिकारीले डा. बद्री केसीको नेतृत्वमा गैरआवासीय आवसीय नेपाली संघको अभियान तीब्र तथा प्रभावकारी रूप अगाडि बढ्ने तथा सर्वोच्च अदालतले दिएको म्यान्डेट र अधिकारपछि गैरआवासीय नेपाली संघको केन्द्रीय र राज्य स्तरमा देखिएको अन्योल मत्थर हटेको बताए ।

साथै अधिकारीले सर्वोच्च अदालतबाट संस्थाको अधिकार सुनिश्चित गराउन डा. केसीले लिएको भूमिकाको लागि केन्द्रीय अध्यक्ष डा. केसीलाई धन्यवाद पनि दिए ।

आइसीसी सदस्य विष्णु चालिसेद्वारा संचालित अन्तरक्रिया कार्यक्रममा गैरआवासीय संघको अभियान प्रभाव महत्व र विवादको आदिको विषयमा केन्द्रिय महिला उपाध्यक्ष रोजिना प्रधान राई, केन्द्रीय महिला सचिव राधिका गुरुङ टिका, गैरआवसीय संघ बेलायतका महासचिव गोबिन्द खरेल, सृजनशिल लेसेस्टर नेपाल युकेका पूर्वअध्यक्ष पशुपति पोखरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बेलायत संयोजक पवन शर्माले आफ्नो मन्तव्य राखे ।

कार्यक्रममा मिडल्याण्डका विभिन्न संघ सस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो । यसैगरी भर्खरै गैरआवासीय नेपाली संघ बेलायत कार्यसमितिमा मनोनीत नारायण फुँयाल र राजेशमणी लामिछानेलाई बधाई पनि दिइएको थियो।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.