युके विशेष

डा. सङ्गीता ‘स्वेच्छा’ IAACP को अध्यक्ष नियुक्त

317views

साहित्यकार डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिस (IAACP) को अध्यक्ष नियुक्त भएकी छिन् ।

युनिभर्सल पिस फेडरेशन अन्तर्गत सञ्चालनमा रहेको IAACP एउटा विश्वव्यापी सञ्जाल हो, जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता कलात्मक अभिव्यक्तिमार्फत् शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ ।

आफ्नो नयाँ भूमिकामा डा. श्रेष्ठले IAACP को मिसनलाई अघि बढाउन कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नेछिन् । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य लिएकी छिन् ।

नियुक्तिबारे प्रतिक्रिया दिँदै युनिभर्सल पिस फेडरेशन बेलायतका महासचिव रोबिन मार्शले भने- ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । उहाँको नेतृत्वले आउने वर्षमा पुर्‍याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौं ।’

उनको कथासङ्ग्रह ‘रोजेज् ओडेसी’ यस वर्ष चर्चामा रहेको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.