नेपाल विशेष

पर्या साहित्य प्रतिष्ठानद्वारा निबन्ध प्रतियोगिता आयोजना, विश्वभरबाट भाग लिन पाइने

394views

नेपाली पर्या साहित्य प्रतिष्ठानले पर्यावरणीय निबन्ध प्रतियोगिताका लागि रचना आह्वान गरेको छ ।

पर्या साहित्यको प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको निबन्ध लेखनका लागि विभिन्न सर्त र नियमभित्र रहेर रचना पठाउन आग्रह गरिएको छ । निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नेछन् ।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय निबन्धलाई ३० हजार पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी उत्कृष्ट २० निबन्धहरु संग्रहको रुपमा प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुन बाँकी १७ निबन्धकारलाई जनही २ हजार रुपैयाँ सम्मानस्वरुप दिइने छ ।

पर्या निबन्ध प्रतियोगिताको नतिजा २०२५ मे ३१ शनिबार (२०८२ जेठ १७) काठमाडौंमा आयोजना गरिने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिने साहित्यकार विजय हितानले जानकारी दिए ।


प्रतियोगीताका लागि सर्त तथा नियम :

१. निबन्धको विषय क्षेत्र पर्यावरण विशेश पर्यावरणीय साहित्य हुनुपर्नेछ ।

२. निबन्ध नेपाली भाषामा लेखिएको साहित्यिक भाव झल्किने रचना हुनुपर्नेछ । अझ साहित्यिकता नै त्यसको पहिलो कसी हुनेछ। भाषिक शुद्धता, वैचारिक सुसङ्गति र स्पष्टतामा विशेष ध्यान दइनेछ ।

३. निबन्ध २,५०० देखि ३,५०० शब्दसम्मको हुनुपर्नेछ ।

४. निबन्ध यूनिकोड या प्रिति फन्टमा टाइप गरी वर्ड फाइलमा पठाउनुपर्नेछ ।

५. निबन्ध प्रतियोगितामा संसारभरिका स्रष्टाले भाग लिन सक्नेछन् ।

६. निबन्ध अप्रकाशित, अप्रसारित र मौलिक हुनुपर्नेछ ।

७. नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको निबन्ध कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।

८. छनोटमा परेका निबन्ध अन्य माध्यममा प्रकाशन वा प्रसारण गरेको भेटिएमा पुरस्कार निलम्बन गरिनेछ ।

९. प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, मोबाइल नम्बर, ईमेल र हालसालै खिचिएको फोटो पठाउनुपर्नेछ ।

१०. निबन्ध पठाइसक्नुपर्ने अन्तिम मितिः २०२५ फेब्रुअरी २८ शुक्रबार (२०८१ फागुन १६), रातको १२ बजे ।

११. निबन्ध पठाउन वा सम्पर्कको लागि इमेलः bryanhitan@hotmail.com

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.