युके विशेष

दीपक बस्नेतले पाए बेलायतमा पिचएडीका लागि पूर्ण छात्रवृत्ति

1.3kviews

‘मोतिलाल फेलो’ प्राप्त शोधकर्ता दीपक बस्नेतलाई युकेको प्रतिष्ठित डरहम विश्वविद्यालयमा विद्यावारिधिका लागि पूर्ण छात्रवृत्ति प्राप्त भएको छ । ‘सेन्टर फर नेपाल स्टडिज युके’ (सिएनएस युके) ले बेलायत आउने पहिलो नेपाली मोतिलाल सिंहको नाममा स्थापना गरेको शोध छात्रवृत्ति सन् २०२०–२१ मा बस्नेतले पाएका थिए । त्यतिबेला उनी काठमाडौं विश्वविध्यालयमा स्नातकोत्तर अध्ययनरत थिए ।

विद्यावारिधिका लागि हिमालय क्षेत्रमा आउने पहिरो रोकथाम तथा पूर्वसूचनाको लागि सामुदायिक र वैज्ञानिक ज्ञानका विषयमा बस्नेतले अनुसन्धान गर्न लागेका छन् । यसअघि सन् २०१५ मा गोरखामा आएको भूकम्पलाई आधार बनाएर त्यसपछि बनेका घरले सामाजिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरेका थिए।

सिएनएस युकेका तर्फबाट काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै डा. कृष्ण अधिकारीले उक्त अध्ययनमा शोध सुपरिवेक्षकको भूमिका निर्वाह गरेका थिए । उक्त छात्रवृत्तिको कार्यन्वयन ‘सोसल साइन्स वहा:’ को सहयोगमा भएको थियो।

बेलायतमा पिएचडीका लागि आउने अवसर प्राप्त भएसँगै बस्नेतले सिएनएस युकेप्रति आभार व्यक्त गरेका छन् । उनले संस्थाले प्रदान गरेको मोतिलाल फेलोसिपकै जगमा आजको सफलता मिलेको भन्दै कार्यकारी निर्देशक लोकेन्द्र ढकाल र फेलोसिपका संयोजक डा. कृष्ण अधिकारीलाई विशेष धन्यवाद दिएका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.