खेलकुदसमाचार

नोभेम्बर ५ मा लण्डनमा ‘नेपाल’ रन हुँदै

430views

दोस्रो नेपाल रन यही नोभेम्बर ५ मा लण्डनमा हुने भएको छ । ‘नेपाल रन’ले आयोजना गरेको १० किलोमिटर लामो दौड नर्थोल्टस्थित नर्थाला फिल्ड पार्कमा बिहान १० बजे शुरु हुने छ ।

यसपटकको दौडमा मुख्य अतिथि कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राई छिन् भने अर्का अल्ट्रा म्याराथन धाक तेन्जी शेर्पा पनि सो दौडका लागि बेलायत आएका छन् ।

आयोजकका अनुसार दौडमा हालसम्म २ सय ५९ धावकले नाम दर्ता गरिसकेका छन् । दौडमा भाग लिनका लागि नेपाल रन युकेका सदस्यहरूलाई २० पाउण्ड, इङ्ल्याण्ड एथलेटिक्स आवद्ध सदस्यहरूलाई २३ पाउण्ड र बाँकीलाई २५ पाउण्ड शुल्क तोकिएको छ । साथै १ पाउण्ड प्रशासनिक खर्च लाग्ने छ ।

दौडको मुख्य प्रायोजक एस्टार फाइनान्सियल सोल्युसन्स रहेको छ । दौडमा विजेतालाई अन्नपूर्ण म्याराथन २०२४ मा दौडने मौका दिइने छ भने मुख्य विधामा पहिलो, दोस्रो र तेस्रो हुने महिला र पुरुषलाई ट्रफी दिइने छ भने ४० वर्ष माथिका भेट्रानतर्फ महिला र पुरुष विजेतालाई ट्रफी दिइनेछ । सुपर भेट्रान ६० वर्षमाथिका महिला पुरुष विजेतालाई ट्रफी दिइने छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.