
पिटरबरोमा आइतबार एक दिने ध्यान कार्यशाला सम्पन्न भएको छ । ‘ओशोधारा संघ नेपाल’का गुरुदेव ओशो अखण्डले उक्त अवसरमा ध्यान विधि सिकाउँदै तथा जीवन-उपयोगी प्रवचन दिनुभयो ।
उक्त ध्यान कार्यशालामा पिटरबरोमा रहेर ध्यान साधनामा लागेका साधकहरू तथा युवाहरूको सहभागिता रह्यो । करिब दिनभरजसो चलेको ध्यान कार्यक्रममा गुरु ओशो अखण्डले विदेशको व्यस्त समयमा समेत दैनिक गर्न सकिने ध्यान विधि सिकाउनुभयो । साथै भौतिक जीवन र अध्यात्मिक जीवनको तालमेलबाट नै आजको मानिसले परमआनन्द प्राप्त गर्न सक्ने पक्षमा जोड दिनुभयो । Looking for the best Replica Watches site 2025 in the world? Buy now High-Quality rolex replica watches for the best price on swissmade.uk.com website.
कार्यक्रमको अन्त्यमा गुरु अखण्डले ओशोको लकेटअंकित माला प्रदान गर्दै साधकहरूलाई दीक्षित गर्नुभयो । पिटरबरो नेपाली समाजको आयोजनामा भएकाे कार्यक्रमको संयोजन नृपेश उप्रेतीले गरेका थिए ।






