समाचार

प्रेस्टनमा भव्य ‘दशैं उत्सव’

547views

बेलायतको प्रेस्टन सहरमा नेपालीहरूले ‘दशैं उत्सव’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् । नेपाली समाज प्रेस्टन, युक्लान नेप्लिज सोसाइटी, दारी ग्याङ युके र बिज एजुकेसनको संयुक्त आयोजनामा गत शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

नजिकिँदै गरेको दशैंको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाटको उद्धेश्यले गरिएको उक्त कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुति, सामुहिक नाचगान र लामो समयबाट प्रेस्टनमा रहेका व्यक्तित्वहरुबाट अनुभव साटासाट समेत गरिएको थियो ।

दुईदशक भन्दा बढि प्रेस्टनमा रहेर नेपाली हरुलाई गोलबद्ध गर्न महत्त्वपूर्ण भुमिका खेल्नु भएका बरिस्ट चिकित्सक डा. सत्यन राजभण्डारीले सुरुका दिनको संघर्ष र वर्तमान सफलताको कथा सुनाएका थिए ।

You can buy best replica rolex Submariner on www.rolexreplicaswissmade.com/Watches/Submariner.php

त्यसैगरि कार्यक्रममा नेपाली समाज प्रेस्टनका संस्थापक, नेपाल चेम्बर अफ कमर्सका मानार्थ व्यापार प्रतिनिधि तथा बिज एजुकेशनका निर्देशक हरि कार्की, दारी ग्याङ यूकेका सल्लाहकार एवं माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक सफल युवा व्यवसायी राज पाण्डे, युनिभर्सिटी अफ सेन्ट्रल ल्यानकासायर (यूक्लान) का ग्रयाजुएट एवं एकोर्न रिक्रुटमेन्टका कन्सल्टेन्ट श्याम दाहाल लगायतले मन्तब्य ब्यक्त गरे ।

कार्यक्रममा नेपालबाट आएका आमाबुवालाई सम्मानसमेत गरिएको थियो । सोही अबसरमा युक्लान युनिभर्सिटीबाट भर्खरै ग्य्राजुएट गरेका बिध्यार्थीहरुलाई पनि सम्मान गरिएको दारी ग्याङका केन्द्रीय सदस्य एंव युके अध्यक्ष सुशील गौतमले जानकरी दिनुभयो ।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा मादल र बाँसुरी बजाएर नेपाली लोक धुनलाई श्याम दाहाल र सन्दिप खत्रीले प्रेस्टन सहरलाई नै संगीतमय बनाए ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

श्रीकृष्ण उप्रेती
युके निवासी श्रीकृष्ण उप्रेती समाचार लेख तथा टिप्पणी लेखनमा सक्रिय छन् । उनलाई krishnashree002@gmail.com सम्पर्क गर्न सकिने छ ।