समाचार

बेलायतमा दोस्रो ‘काव्य सन्ध्या’को घोषणा: साहित्यप्रेमीहरूमा उत्साह

415views

अघिल्लो वर्ष सेप्टेम्बर २८ मा युकेको एल्डरसटमा पहिलोपटक कुनै ‍औपचारिक तामझामबिना एक भव्य कविता वाचन कार्यक्रम भएको थियो । करिब सयजना दर्शकमाझ उभिएका आठ जना कविहरूले काव्य–सन्ध्यामा कविता वाचन गरेका थिए ।
यस वर्ष भने अगस्ट १६ तारिखमा एल्डरसटकै सुसी मोटो रेस्टुराँमा काव्य सन्ध्याको दोस्रो संस्करण हुने भएको छ ।

साहित्य संगालो बेलायत र नेपाली बुक्स युकेको आयोजनामा हुन लागेको कार्यक्रममा यस वर्ष पनि आठजना कविले प्रस्तुति दिनेछन् । साहित्य संगालो युकेका संयोजक साहित्यकार केदार संकेतका अनुसार सारंगी र टुङ्गनाको धुनमा कविहरूले कविता वाचन गर्नेछन् । ‘हामीले कार्यक्रमलाई पुरै साहित्यमय बनाउने सोचेका छौँ । प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक उल्झनबिना विशुद्ध कवितामय साँझ बनाउने तयारी गरेका छौँ’, संकेतले भने ।

यस वर्ष पनि आठ जना कविहरूले आफ्ना तीन–तीन थान कविता नेपाली मौलिक बाजा—टुङ्गना र सारंगीको साथमा प्रत्यक्ष प्रस्तुत गर्नेछन्। गत वर्ष कविता वाचन गरेका कविहरूमा डा. सङ्गीता स्वेच्छा, जीवन तिवारी, शान्ति लिम्बु, निर्भीकजङ्ग रायमाझी, खुपेन सुनुवार, मुकेश राई, डा. रूपक श्रेष्ठ, नरेश काङमाङ राई रहेका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response