युके विशेष

नेपाल र बेलायतका उच्च व्यापारिक नेतृत्वले गरे लगानीमाथि छलफल

277views

नेपाल र बेलायतबीच आर्थिक सहयोग बढाउने उद्देश्यले आयोजित लगानी कार्यक्रममा बेलायत र नेपालका उच्च सरकारी अधिकारी र व्यापारिक नेतृत्वबीच लण्डनमा भेटवार्ता भएको छ । ‘नेपाल सेन्टर युके’‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज’को आयोजना भएको कार्यक्रम ‘हाउस अफ लर्ड्स’मा भएको थियो ।

कार्यक्रममा नेपालका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पर्यटन र पूर्वाधार लगायत हिमाली राष्ट्र नेपालका प्रमुख क्षेत्रहरूमा आकर्षक लगानीका अवसरहरू प्रस्तुत गरे । सयजना भन्दा बढी व्यावसायिक व्यक्तित्वहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालको सुधारिएको लगानीमैत्री वातावरणमा साथ दिन जोड दिए।

‘हामीले राज्यको प्रशासनिक प्रक्रियाहरूलाई व्यवस्थित गरेका छौं र नेपालमा लगानी गर्नेलाई प्रोत्साहन हुने खाका तयार गरेका छौं उनले भने, ‘जलविद्युत परियोजना, विमानस्थल आधुनिकीकरण र आतिथ्य विकासमा नेपाललाई विदेशी पूँजीको तत्काल आवश्यकता रहेको छ ।’

ब्यारोनेस वर्माले कार्यक्रम सञ्चालनकै क्रममा चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक स्थानले लगानीको लागि सान्दर्भीक गन्तव्य बनाएको बताइन् । ‘बेलायती व्यवसायीहरूले नेपालमा भएका सम्भावनालाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ’, उनले आफ्नो मन्तव्यका क्रममा भनिन् ।

यता बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले दूतावासले “गम्भीर लगानीकर्ताहरूलाई पूर्ण सहयोग” प्रदान गर्ने आश्वासन दिए। यसैगरी फेसन डिजाइनर संयुक्ता श्रेष्ठले फेसन र भेषभूषाको क्षेत्रमा बेलायत-नेपालको सफल सहकार्यको उदाहरण दिइन् ।

आयोजकहरूले यस वर्षको अन्त्यतिर बेलायती व्यापार प्रतिनिधिमण्डलले काठमाडौं भ्रमण गर्ने योजना घोषणा गरे। उक्त अवसरमा कार्यक्रमको सह-आयोजक ‘नेपाल सेन्टर युके’का निर्मल कुमार थापाले भने, ‘आज दुई देशबीच आर्थिक संलग्नता र सहकार्यको लागि नवीन सुरुवात भएको छ । जुन ऐतिहासिक छ ।’

कार्यक्रममा सहभागी विभिन्न बेलायती फर्महरूले नेपाली उद्यम क्षेत्रमा थप खोजि गर्न रुचि व्यक्त गरेको आयोजकले जनाएको छ । कार्यक्रममा रविन्द्रजंग लामिछाने, मनिष तिवारीलगायतको विशेष उपस्थिति रहेको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.