
‘नेपाली कलाकार प्रस्तोता समाज, बेलायत’को तेस्रो स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बालाई बेलायतमा सम्मान गरिएको छ ।
बेलायतको आस्फोर्डमा भएको कार्यक्रममा संगीतकार सुब्बाले आफूलाई सम्मान गर्ने संस्था र युवा कलाकारहरूलाई धन्यवाद दिँदै आफ्ना आधा दर्जन लोकप्रिय गीत गाएर सुनाएका थिए । साथै प्रस्तोता समाजकै कलाकारहरूले गायन र नृत्य प्रस्तुत गर्दा कार्यक्रम भव्य बनेको थियो ।

प्रमुख अतिथिको रूपमा सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्डका अध्यक्ष मोहन लिम्बू तथा अतिथिहरूमा जर्मनीका लागी पूर्व नेपाली राजदूत डा. नवलकिशोर राई, नेपाली समाज फोक्स्टोनका अध्यक्ष क्याप्टेन राम पुन, अभिनेता आकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाको सचिव रहेका गायक गंगाराज राईले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता ‘नेपाली कलाकार प्रस्तोता समाज, बेलायत’को अध्यक्ष जानुका पुनले गरेकी थिइन् ।




