युके विशेष

यती एसोसियसनले घोषणा गर्यो यती कप २०२५

101views

‘यती नेपाली एसोसिएसन’ले ‘यती कप फुटबल प्रतियोगिता २०२५’ गर्ने भएको छ । साउथ ह्यारोस्थित नेवा छेः मा एक पत्रकार सम्मेलनमार्फत संस्थाले यही सेप्टेम्बर २७ मा फेल्थाममा गरिने प्रतियोगिताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा स्पोर्टस सेक्रेटरी हरि रेग्मीले यती कप ९ ए साइड हुने र कुल खेलाडी १५ जना (तीनजना विदेशी) रहेको टिम हुने जानकारी दिए । मेनतर्फ २४ र भेट्रान १२ टिमलाई खेलाउने योजना रहेको बताइउको छ । उनका अनुसार अहिलेसम्म मेन २० टिम र भेट्रान १० टिम दर्ता भइसकेका छन् ।

प्रतियोगिताको मुख्य समूह विजेताले ३ हजार ३ सय ३३ पाउण्ड, रनर अपले १५ सय ५५ पाउण्ड, भेट्रान्सतर्फ विजेता टिमले १२ सय २२ पाउण्ड र रनर–अपले ५ सय ५५ पाउण्ड प्राप्त गर्नेछन् । बेस्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।

यती एसोसियसनका अध्यक्ष टंक भट्टराईले प्रतियोगिताबारे वेवसाइट र संस्थाको अफिसियल फेसबुक पेजमा पनि विवरण रहेको बताए । दर्ता हुंदैमा सहभागिता सुनिश्चित नहुने बताउंदै उनले आन्तरिक मूल्यांकन र ‘क्राइटेरिया’ पूरा भएमात्र टिम लिइने प्रष्ट पारे । अध्यक्ष भट्टराईले विगतमा पनि यतीको महत्वपूर्ण काममध्ये नेपाली समुदायलाई ‘इन्गेज’ गराउने यती कप रहेकाले आफ्नो कार्यसमितिले अब फरक ढंगले गर्न लागेको बताए ।

यती कपमा फुटबलबाहेक नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने छन् ।
दर्शकलाई प्रवेश निशुल्क छ । टुर्नामेन्टलाई मेलाका रुपमा लैजाने बताइएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.