समाचार

सृजनशील लेस्टर समाजको अध्यक्षमा शिव पराजुली

224views

सृजनशील लेस्टर समाज युकेको नऔं अधिवेशनबाट शिव पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

सोमबार भएको नयाँ कार्यसमिति चयन कार्यक्रमबाट उपाध्यक्ष धनतेरी कान्छो (टिकाराम गौतम ) यस्तै महासचिवमा वरुण भन्डारी, सचिवमा कृष्ण कँणेल र माया खरेल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा रिता डोटेल र हरि महर्जन चयन भएका छन् ।

पेसाले आइटी इन्जिनियर रहेका शिव पराजुलीले अध्यक्षको सपथ ग्रहणपछि आफूले लगाएको रुद्राक्ष माला समाएर भने- म यहाँ नेताले जस्तो भाषण गर्न चाहदिनँ । म जे भन्दैछु हृदयबाट बोलिरहेको छु। हामी देखिने गरी काम गर्नेछौँ।

सदस्यहरूमा क्रमशः सुरेन्द्र रुपाखेती,जीवन पौडेल,बिमल सापकोटा,अनिल कुमार गैरे, कुमार प्रसाद तिम्सिना,श्याम खत्री,गोमा घिमिरे, बोजराज भट्टराई, भिम सापकोटा, बिष्णु निउरे, जीवन पुडासैनी चयन भएका छन् ।

इण्डियन टाउनको रूपमा चिनिएको लेस्टर सहरमा पछिल्लो समय नेपालीहरूको जनसङ्ख्या निकै बढेको छ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.