समाचार

पत्रकार दिलिप पौडेल र अञ्जना लामिछाने बेलायतमा सम्मानित

253views

बेलायत भ्रमणमा रहेका नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले लन्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमबीच सम्मान गरेको छ ।

पत्रकारद्वयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गरे ।पौडेल नागरिक न्यूजमा आवद्ध छन् भने लामिछाने कान्तिपुर टेलिभिजनमा राजनीतिक व्यूरोमा काम गर्छिन् । लामिछानेले गैरआवासीय नेपाली संघ स्थापनाको दुई दशकमा ल्याइएका नीतिगत तथा कानुनी व्यवस्था र उपलब्धि विषयमा अनुसन्धानमुलक रिपोर्ट लेखेर एनआरएनए फेलोसिप पुरस्कार समेत प्राप्त गरेकी थिइन् । उनी संसदीय मामिला पत्रकार समाजको सदस्य समेत हुन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response