
308views
पिटरबरो नेपाली समाजले सोमबार तिहार विशेष देउसी भैलो कार्यक्रम गरेको छ ।
पिटरबरोमा आयोजित कार्यक्रममा केशव पौडेल, एकता भण्डारी ढकाल लगायतले देउसी गायन गरे । यसैगरी राजीव देवकोटाले तिहार गीत प्रस्तुत गर्दा स्थानीय बालबालिकाले नृत्य प्रस्तुत गरे।
कार्यक्रम समाजका अध्यक्ष केशव खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो। देउसी भैलोमा नेपालबाट दशैं-तिहार मनाउन आएका आमाबुबासमेतको उपस्थिति रहेको थियो । पिटरबरो नेपाली समाजले यसअघि नै दशैं विशेष कार्यक्रम गरिसकेको थियो ।





Tiharko Subhakamana