
बेलायती प्रधानमन्त्री ऋषि सुनकले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल-बेलायत शान्ति तथा मैत्री सन्धि भएको एक सयवर्षको उपलष्यमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई समुदायलाई सार्वजनिक तथा सामुहिक रूपमा सम्बोधन गर्न लागेको यो पहिलो ऐतिहासिक मानिएको छ ।
मे २० तारिख सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन गर्ने कार्यक्रम छ । लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालका अनुसार समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा झण्डै १२० जनाको सहभागिता रहनेछ । त्यस्तै, नेपालसंग निकट करिब दुई दर्जन बेलायती पनि सहभागी हुनेछन्।
यो कार्यक्रम गर्न लन्डनमा रहेका समाजसेवी तथा व्यवसायी रविन्द्रजंग लामिछानेको मुख्य भूमिका रहेको छ ।



