
गीतकार नृपेश उप्रेतीको शब्द-रचना तथा पूर्णमान बज्राचार्यको You can obtain uk best quality 2024 Top Replica Watches UK online. Fast shipping. Quality guarantee. स्वरमा ‘तिम्रो मायाको मलाई साह्रै खाँचो छ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
पुरुषोत्तम सुवेदीको संगीत-संयोजन रहेको लोक-आधुनिक शैलीको गीत ‘खुशी इन्टरटेन्मेन्ट नेपाल’ युट्युव च्यानलमार्फत् सार्वजनिक हो ।
शक्ति प्रज्ज्वल घिमिरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुरेश कोहली र स्मारिका मुख्य अभिनय रहेको छ भने कोरियोग्राफी प्रवीण थापाको रहेका छ्न् । यस्तै गीतमा किशोर थापाको मिक्सिङ/मास्टरिङ तथा राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ । भिडियो छायाकन राजेश घिमिरेको रहेको छ ।

बेलायत बस्दै आएका गीतकार नृपेश र बेलायतमा नै रहेका गायक पूर्णमानको पहिलो सहकार्यमा प्रस्तुत गीत जवान स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो । नृत्य मन पराउने श्रोता तथा दर्शकलाई सान्दर्भीक रहेको यस गीत नयाँ वर्षको अवसरमा शुभकामना कोसेलीस्वरूप सार्वजनिक गरिएको ‘खुशी इन्टरटेन्मेन्ट नेपाल’ले (Khushi Entertainment Nepal) जनाएको छ ।



