खेलकुद

पदकपछि पलेशा गोवर्द्धनको चर्चा

404views

चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनको चर्चा बढ्दो छ । पलेशा सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन्। उनी सांघाईबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङचाओ पुगेकी थिइन्।

कात्तिक ७ गते भएको महिला के– ४४ विधाको ५७ केजीमुनिको तौल समूहको क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन्। सेमिफाइनलमा काजकिस्तानकी कमिल्यासँग पराजित भएपनि रिपेचेजमा बाई पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो। नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response