
१. साँझ र तिम्रो प्रेम
साँझ कहि Replica Omega Seamasterले तिम्रो मायाजस्तै
क्षणभरको खुसी दिने मीठो भ्रम
साँझ कहिले मेरो जवानीजस्तै
रंगीन, मादक र छोटो ।
आइपुग्छ साँझ
भुलाउन दिवसको cartier Replicaउज्यालोलाई
झिलमिल् कृतिम बत्तीको दीपले
केही पलको न्यानो साथ दिनलाई
अतृप्त चाहनाको आश देखाउनलाई !
तर, जब छिप्पिँदै जानेछ समय
ओइलाउने replica omega छ मेरो यौवन फूलसरि
बिलाउने छ तिम्रो प्रेम गोधुली साँझसरि
हुने छ सायद हृदय गह्रुँगो ढुङ्गासरि ।
अनि, त्यहीँ पर कुरिरहेको हुने छ कालो रात
मातेर निस्पट्ट अँध्यारोको गहिराइमा
छोपेर सारा पिडा ओसिलो सिरानीमा
हिउँझैं चिसो करौँतीले रेट्नलाई छातिमा ।
२. छोरीको घर
हातका सबै चुरा फुटे
बलिया हातसामुन्ने काँच टिकेन
सुन्दर काँच धारिलो धार भई हात काट्यो
सिन्दुरको धर्कोनिरै रगत बग्यो ।
तर बिर्सिसकेँ कुन घाउ दुख्छ बढी
थपिए नयाँ घाउ, पुराना चोटमाथि ।
तर आज मलाई निकै दुख्यो
किनकि मेरो मन दुख्यो
उनको रूखो बोलीले सारा दिल टुट्यो ।
चुरा, जो उनैले किनिदिएका थिए
पहिलोचोटि दुलही बनेर उनको घरमा आउँदा
यही चुरा, सिन्दुर, धागो सौगात दिँदै भनेका थिए–
‘आजबाट यो घर तिम्रो
राम्रोसँग ख्याल राख्नू !’
मायालु स्वरले मन जितेका थिए ।
आज पाँच वर्ष पछि
उनको एउटै आवाजले मन घोच्यो–
‘मेरो घरमा हैकम चलाउने तँ को !’
बजारे हात गालामा, गरे लछारपछार
तमासाको साक्षी बन्यो सारा बजार
गरिदिए बन्द ढोका त्यही घरको
जुन घर बिहेको दिन उनैले सुम्पिएका थिए ।
आज म त्यही घरलाई हेर्दैछु–
सायद त्यो घर होइन जञ्जिर देख्दैछु
चैतको आगोले खाएको खण्डहर देख्दैछु
र याद गर्दैछु आमाको त्यो बोली–
‘छोरीको कुनै घर हुँदैन नानी
जुन घर पाउँछेस्, राम्ररी गरी खाएस् !’
घर, घर र मात्र घर
कहाँ हो खासमा मान्छेको घर !
संघारभित्र हुन्छ कि संघारबाहिर हुन्छ घर ?
जे होस् घरमा नै थिएँ म
बिहेअघि बाबाको, बिहेपछि श्रीमानको ।
दुवै घरलाई आफ्नो मानी सम्हाल्दै गर्दा
स्वर्गसमान बनाउन दिनरात मरिमेट्दा
फुर्सद नै पाइनछु बुझ्न–
कि मेरो आफ्नो घरै छैन
मेरो आफ्नो थरै छैन ।
बल्ल बुझेँ आमा, तिमीले ठीकै भन्यो
छोरीको कुनै घर हुँदैन
तर किन भनिनौ ?
खासमा छोरीको कहीँ–कतै घरै छैन
सायद त्यसैले बारबार अरूको घर सजाउनु पर्छ
तर आज म यत्ति भन्छु–
छोरीले आफ्नो घर आफैँ बनाउनु पर्छ ।

३. झरी र सपना
असारमा झरीमात्र पर्दैन
र झरीले बाढीमात्र ल्याउँदैन रहेछ ।
माझीहरूका लागि बाढीले
केही धेरै माछा बगाएर ल्याउन सक्छ
दाउरेहरूको लागि जङ्गल सोहोरेर ल्याउन सक्छ
अनि किसानको लागि झरी
रोपाइँको अवसर बन्न सक्छ ।
तर झरीले माझी, दाउरे र किसानलाई चिन्दैन
उनीहरूको सपनालाई देख्दैन
वर्खायाममा केही राम्रो दाम कमाउने
र धानको बाला झुलाउने उनीहरूको सपनालाई
झरीले सधैं–सधैंका लागि बगाएर लैजान्छ ।
०००
प्रकाशित कविताहरूमध्ये पहिलो र दोस्रो कविता ‘मधुपर्क’ तथा ‘जनमत’ मासिकबाट साभार गरिएका हुन् । पेन्टिङ स्रोत : भारतीय कलाकार हेमेन मजुमदार (१८९४—१९४८)।