युके विशेषसमाचारसाहित्य

केशव गजुरेलका ३ कविता

862views

१. प्रेम पत्र

तिमी अनन्त तहहरूमा replica watches UK लपेटिएकी एउटा रहस्यमय दोबाटो हौ
जहाँ अनास्थाहरू हिँड्दा-हिँड्दै आस्था हुने गर्छन्
तिमीले सोधेकी थियौ— कसरी cheap replica watches आइपुग्यौ यहाँ ?
त्यसैले मलाई थाहा छ
तिमीलाई साँच्चिकै थाहा छैन यो रहस्य—
तिम्रो हृदय प्राचीन best replica watches प्रेमीहरूले ध्यान गर्ने गुम्बा हो
म विनम्र तिर्थयात्री— गुम्बामाथिको पहाडी भेगबाट
दिव्यता खोज्दै cheap replica rolex watches यहाँ आइपुगेको हुँ

जब हेर्छु तिम्रा हातका औलाहरूलाई
तिनले प्रेमरहित प्रेमालापका तारहरूलाई
नाजुक धागोलाई जस्तै best replica watches चुँडालिरहेका हुन्छन्
त्यसैले मलाई थाहा छ,
तिमीलाई साँच्चै थाहा छैन यो कुरा—
फूलहरूप्रतिको तिम्रो जटिल अनुराग
कविताको सौन्दर्यले हल गर्ने गणितीय प्रश्नहरू हुन्

तिम्रा आँखाको पोखरीमा
विगतले फालेका कविताहरू तैरिएका छन्
कथाहरू छरिएका छन्
बिम्बको ओखर फोर्न चाहन्न म
आकाशतिर एक टुक्रा सम्बोधन फ्याँक्छु
तिम्रो नामको चित्र ताराहरूको watches replica क्यानभासमा कोर्छु
आकाशले सुन्छ भनेर होइन
ताराहरूमा ईश्वर त छँदै छैनन्
बतासहरूले तिमीलाई छुन जाँदैछन् भनेर
प्रार्थनाको लागि म घुँडा टेक्दिनँ,
शिर झुकाउँदिनँ, मन्त्र पढ्दिनँ
हृदयको प्ले–लिस्टबाट चाहनाको सङ्गीत बजाइदिन्छु
र, हृदयलाई चुपचाप झुकाइदिन्छु

एउटा सुस्ताहटको नियममा बाँधिदिन्छु स्नायुहरूलाई
लाग्छ तिम्रा श्वासका स्पर्शहरूमा सौन्दर्यको सौम्यता छ
लाग्छ तिम्रो अस्तित्वबिना यो समय शून्य जस्तै निष्प्रभ छ
लाग्छ दुई हृदयको पारस्परिक आँखा जुधाइमा
अस्तित्वले आफ्नै ऐना हेरिरहेको छ ।
०००

२. यो पटकको सिजनमा त घर पुग्नै पर्छ

पर्खालको छेउमा फूलहरू रोपेको थिएँ
लहराहरू पर्खाल चढ्दै थिए
हुन सक्छ सायद,
यतिखेर पर्खालको टुप्पोमा पुगेर पल्लोपट्टि ओर्लिँदै छन्
पर्खालको पल्लोपट्टि
पठित/अपठित/भलाद्मी/बैमानीहरू हिँड्ने दोबाटो छ
मलाई अपठित वा बैमानी गर्नेहरूसँग डर छैन
मलाई शङ्का छ पठितहरूसँग
जो गर्छन् सौन्दर्यको वैचारिक बहस
र, चुँडेर फाल्ने गर्छन् फूलका निर्दोष पत्रहरू
त्यसरी उक्लिनु र झर्नु लहराको स्वतन्त्रता हो
लहरैभरि फुलेका फूलको संरक्षण गर्नु मेरो कर्तव्य हो
यो पटकको सिजनमा त घर पुग्नै पर्छ ।

यसकारण पनि घर पुग्नैपर्छ
कि, झ्यालको भेन्टिलेसन अलिकति खुल्ला छोडेको थिएँ
ताकि, कोठा नगुम्सियोस्
झ्यालको नजिकै रूखहरू छन्
पातहरू झरेका छन्
यसपटक पनि त्यो पुरानो आँधी आउन सक्छ
आँधीले ठूलै आकार लियो भने
ती कसिङ्गर बनेर कोठाभित्र छिर्न सक्छन्
कोठाभित्र केही पुस्तकहरू छन्
जसको अन्तिम पन्नामा
मेरो जीवनकथाको सुरुवाती हरफ लेखिएको छ
आँधी चल्दा जिन्दगीका पानाहरू
धुलोको कुइरोले ढाकिन सक्छन्
घर पुगेर उक्त भेन्टिलेसन बन्द गर्नु पर्नेछ

सबै सिजनमा फल्ने एउटा अभुतपूर्व फल रोपेको थिएँ
(जीवित मानिसलाई चाहिने सम्पूर्ण तत्त्व एउटै फलमा पाइन्छ)
हुन सक्छ सायद,
यतिखेर उक्त फल फलेको हाँगा
झुकेर पर्खालबाहिर पुग्दै छ
त्यो दोबाटो कोलाहलमय छ
झोलाभरि रिक्तता
आँखाभरि दिक्दारी
हृदयभरि मृत्यु बोकेर
कफन किन्न हिँडेकाहरूको आवातजावत हुन्छ

मलाई डर छैन
आफ्नै लाशको लागि कफन किन्न हिँडेकाहरूसँग
मलाई डर छ
रिक्तताले भरिएका झोला भर्न हिँडेकाहरूसँग
कारण, आँखाभरिको दिक्दारी बेचे पनि
तिनले आफ्नो आँखाको लागि मुस्कान किन्न सक्दैनन्
(फेरि यो निरश समयमा दिक्दारी कसले किन्छ ?)
आँखाको लागि मुस्कान किन्न
तिनले फल टिपेर बेचिदिन सक्छन्
घर पुग्नेबित्तिकै हाँगालाई पर्खालभित्र फर्काउनुपर्ने छ

अस्ति समुद्र गर्जिएको थियो
मैले मेरो देशको नक्शामा घोरिएर हेरेँ
मेरो घरको दिशातिर बाफ उडिरहेको थियो
हुन सक्छ सायद
मेरो आँखामा चिप्रा थियो
रातभरिको अनिन्द्रा थियो
हुनसक्छ बाफ फगत दृष्टिदोष थियो
जेहोस्, त्यो महसुस सत्य थियो
मैले घरको बरन्डामा एउटा रित्तो कागज लुकाएको छु
परारको जस्तो भारी बर्षा फेरि हुन सक्छ
भारी वर्षा भयो भने
उक्त रित्तो कागजमा आँसुको नाम लेखिन सक्छ
घर पुगेर त्यो कागजभरि उल्लासको कविता लेख्नु छ
जुन कविता मेरो अस्तित्वको महाकाव्य हुने छ

पर्खालमाथि चढेका सपनाहरूसँग
आकाशको किनारै किनार हिँड्नु छ
झ्यालबाट बर्षाको अन्तिम थोपा तप्किएपछि आउने
शरदको वास्ना पिउनु छ
झुकेका हाँगामा फुलेका जीवनका गीतहरू टिप्नु छ
मेरो हराएको ‘म’
त्यहीँ कतै अनुभूतिको जरा समातेर उभिएको छ
यो पटकको सिजनमा त घर पुग्नै पर्छ ।
०००

चित्रकला : कपिलमणि दिक्षितबाट साभार ।

३. वसन्त सम्झिएर आत्तिन्छु

कुनै विशाल वृक्षको फेदीजस्तो छ,
चढ्ने कोसिस नगरेको होइन
हतोत्साहित पनि भएको छैन
तर वृक्षको टुप्पो अदृश्य छ
यद्यपि, मन्द हावा चलिरहेको छ
रङ्गीन फूलहरू भुइँमा खसेका छन्
हरिया पातहरूले बिस्कुन हालेका छन्-
(माटोमा विलिन हुनेछन्- त्यो अर्कै कुरा)
घडीको सुइ जुनसुकै बेला रोकिन सक्छ

कहिलेकाहीँ विशाल नदीजस्तो लाग्छ
हुन त बीचमा समुद्र खडा भएको छ
डुब्ने कोसिस नगरेको होइन
छालहरूले किनारमा फ्याँक्ने भय पालेको पनि होइन
वृक्षबाट झरेका फूलहरू पानीमाथि बगिरहेका छन्
तिनमा काँडा भएको कुनै सङ्केत पनि छैन
नदी-समुद्रको मध्यभागमा खुट्टा उभिरहन सक्दैन
जमिनमा पाइताला गाडिन्छ भन्ने डर पनि होइन
जिन्दगीले फ्याँक्ने छालहरू अङ्गाल्न
समयको कुनै किनारा देखिएको छैन

शरद र हिउँदको दोसाँधमा बहने बतास सम्झिन्छु
मधुरो घाम सम्झिन्छु
क्षितिजमा अल्झिएका हिउँदे बादलका पत्रहरू सम्झिन्छु
तिमीले गाउने गरेको गीत सम्झिन्छु
यात्राका शाश्वत पदचापहरू गनेको अङ्क सम्झिन्छु
सीमाहीन तरंगमा विलीन हुन्छु
कोइलीको आमन्त्रण सम्झिन्छु
कुनै दिन खिन्न हुन्छु
कुनै साँझ सीमाहीन आभासका रेखाहरू सम्झिन्छु
त्यही साँझ बक्ररेखाहरू पनि सम्झिन्छु
कुनै रात हतास हुन्छु
कुनै बिहान खुसी पनि हुन्छु
अचेल बिनाकारण, म वसन्त सम्झिएर आत्तिन्छु ।
०००
(कविता सिनेमा र फुटकर लेखनमा सक्रिय केशव गजुरेल अहिले युके बस्छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.