
चिसो सडक कुँल्चदै एउटा मन्ध panerai replica watches-मन्ध धुन निर्बन्ध हिँडिरहेको छ । चुपचाप छिचोल्दै अग्ला-अग्ला आलिसान भिक्टोरियन र नवनिर्मित भवनहरू । औ ! पर्यावरणमा रौनकता, उमङ्ग र ताजकि छ तर हुस्सुको च्यादर ओडेर उदास-उदास नग्न रूखहरू झोक्रिएर पर्खिरहेछन् वासन्ती लिबासले लाज ढाक्न ।
त्यस्तै बतासले लुछेर शरदमा खसेका खस्रा पातहरूलाई सखारै panerai replica आउँछ एक सरकारी कर्मचारी । जसका हातमा ती सुकेका पात निल्ने अत्याधुनिक मसिन छ । त्यसैले सडक सफा छ । जसैगरी सुदुर पूर्वमा श्रमिकहरूरूको पसिनाको कालो मुस्लो सल्केको छ आकाशभरि । उसैगरी मन अनियन्त्रित छ, अस्थिर छ, छली छ, कपटी छ । शङ्खनाद चिच्याउँछु र खोज्दछु अस्तित्व बाँच्नुको— मौनताको अदृश्य खाल्डोभित्र । दृश्यमा छ– मधुरो गतिमा झरिरहकेो झर-झर झरीको झङ्कार र गाडिका शान्त पदचापले अस्थिरतालाई शून्यमा झारेको छ । स्थिर हुन खोजिरहेछ मन ।
हेर्नुस् यता घामको अनुहार नदेखेको पनि लाखौं जुनी भोजस्तो replica watches लाग्छ तर यहाँ केही भइरहेको छैन र पनि केही त भइरहेको छ । युक्रेन-रूस युद्ध, पल्सती-इज्रायली सिजफाएर तर अझै बेखबर विपिन जोशी, ट्रम्पको दोस्रो कार्यकालको शपथ ग्रहणसँगै इमिग्रेसनमा कडा नीति, लामिछानेको लम्बेतान सहकारी मुद्दा, चीन र भारतको कूटनीतिक गिद्धेदृष्टि, भेनेज्युएलामा मादुरोको वर्चस्व, कङ्गो र सङकटकाल, भियतनाम र सिनेमा, अबको तेस्रो विश्वयुद्धमा कुन मुलक कहाँ गाभिएला ? एआईको आयु कति रहला ? र महाकुम्भ मेलामा भाइरल बन्जारे मोनालिसाको चौतर्फी चर्चा ।
म दुई चारथरि भाषा बोल्दछु माने स्पष्ट बोल्दछु— बुझेर । अंग्रेजी भाषाचाहिँ बेलायत पसेको दशकौंपछि सायद केही सिकेछु जस्तो लाग्छ । युरोपियन भेट्दा उसैको टोन कपि गर्दोर’छु । हैन-हैन त्यो कपि होइन स्वत:स्फुर्त प्रभाव भनी बुझ्नुस। कुनै फिलीपिनोसँग बोल्दा त्यस्तै, ईन्डियनसँग उस्तै, अरबीएनहरूसंगै दुरूस्तै। ईस्ट लण्डनका रैथाने श्रमिक बर्गका कक्कनी लवज भन्नुहोस, माथ्लो नर्थका ( म्यानचेस्टर) व्यापारीहरू र गुण्डा टपुरी लवज भन्नुहोस, तल्तिर लिभरपुलका बिटल्यीन्स प्रभाव , स्कटिसहरूलाई ‘आई बेग् योर् पार्डन् सर्’ भन्छु बडो नम्रतामा । आईरिसहरूको जिब्रो बाक्लो— उनीहरूलाई मुखले गति छाडेको मनपर्छ । म तेसो गर्दिनँ । कम बोल्छु उनीहरूसँग । अमेरिकनहरू र अफ्रिकनहरूसँग एकदम भातृत्व-भाव र प्रेममा बोल्छु । एकदम खुलेर । मज्जा लाग्छ ।
असली शिक्षित गोराहरूको असली अंग्रेजी क्लिष्ट हुँदैन रे ! यहाँको भाषालाई टपुरी (स्ल्याङ्ग) बनाएको त प्रवासीहरूले रे ! खैर जे भएपनि राती सुत्नेबेला चै हरेक नागरिकले आफ्नै मातृभाषामा सपना देख्छ । जस्तो कि म नेपाली भाषामै सपना देख्दोर’छु । अचम्म ।
हिजोसम्म एउटा यस्तो सोचबाट अभिप्रेरित थिए कि लेख्नु भनेको ठट्टा मजाक होइन । यो त ध्यान हो, तप हो, श्रद्धा हो, भक्ति हो । परिवर्तनको लागि लेख्नु हो । जागरणको लागि लेख्नु हो । अत: लेख्नु क्रान्ति हो । लेख्नु उज्यालो छर्नु हो । आदर्शले अभिप्रेरित भएर लेख्नु, दाहित्वबोधले कफन बाँधेर लेख्नु, नैतिकताको कसीमा लेख्नु, जवाफदेही भएर लेख्नु तर फगत लेख्नको लागि मात्र चै नलेख्नु ।

खोई के सनक चढ्यो द्रोही भएर लेखेँ । अराजक भएर लेखेँ । प्रतिपक्षी र प्रतिरोधी भएर लेखेँ । राज्यबाट प्रतिदिन पिँदमा परेका प्रताडीतहरूको पक्षमा लेखेँ । सिमान्तकृत, श्रमिक, मजदूर, भूमिहीन किसान, सडक बालबालिकाहरू, एकल महिला विधुवाहरू, दलितहरू, मधेसीहरू, आदिवासीहरू बेरोजगार बिधार्थीहरू, उत्पिडित निम्न बर्ग समुदाय भित्रका असँख्य भोका नाँगा निमुखाहरू साथै सम्पूर्ण विभेदकारी आन्दोलनमा सँलग्न सर्वहाराहरूको पक्षमा लेखे तर म कम्युनिस्ट होईन् । कुनै पनि दलको न त कार्यकर्ता नै हुँ ।प्रतिरोधको तुरही फुकेर क्रान्तिकारी भएकाहरू सबै कम्युनिस्ट हुँदैनन् । महान् विश्वेश्वरबाबु प्रगतिशील हुनुहुन्थ्यो । हामी लेखक, कवि, साहित्यकार अथवा कुनै पनि सृजनाकार कुनै न कुनै राजनीतिक अवधारणा र आस्था (पोलिटिकल आइडोलोजी) बाट गाइडेट हुन्छौ राजनीतिक विचारइतर अछूतो रहन कोही पनि सक्दैन ।
असमानता, अत्याचार र अन्यायमा परेकाहरूको पक्षमा चट्टानझैं उभिएर लेख्नु । राज्य-राज्यका भ्रष्ट संयन्त्र तिन्ले स्थापित गरेका कुरिती, कुसंस्कार र कुप्रवृद्धी विरूद्ध लेख्नु । दलाल नोकरशाही पूँजीवाद, अधिनायकवादी सामन्ती व्यवस्था र व्यथिति विरूद्धमा लेख्नु । धर्मको नाममा व्यापार गर्ने पाखन्डीहरूको मुखुण्डो उतार्न लेख्नु। यस्तो लाग्थ्यो कि म नै हुँ एकमात्र मसिह जसले ठेक्का लिएको छ लेख्नलाई । के साँच्चै मैले मात्र ठेक्का लेको छु त लेख्नलाई ?
किन किन त्यतिले पनि चित्त नपरेपछि ती सब उत्तेजनाका क्षणभंगुर मोह हुन् कि जस्तो लागेर सोचेँ, गम खाँदै कि वास्तवमा लेख्नु भनेको सन्तुष्टिको लागि पनि त होला माने त्यसलाई स्वान्तसुखाय: भन्नुस् । कति लेखक त्यही स्वआन्नदको लागि मात्र पनि लेख्छन् ।
उसो भए के मैले स्वआन्नदको लागि कैले लेखिनँ ? व्यक्तिगत स्वार्थ र लाभको लागि कैले लेखिनँ ? आफूलाई मात्र केन्द्रमा राखेर कैले लेखिन ? के म प्रख्यात हुन कैले लेखिन ? ( म भईन होला त्यो बेगल कुरा) के मैले धनलाभको लागि कैले लेखिन ? ( त्यो मैले कमाइन अर्को बेगल कुरा) तर यी सबै त आखीर भ्रम न रहेछ । यसरी लेख्नुको सबै परिभाषा र अनुभुतीबाट मोहभंग हुन्छ मेरो । अब केको लागि र किन लेख्ने भन्ने एउटा गहिरो चिन्तनपछि सिर्फ लेख्नको लागि मात्र म लेखिरहेछु । निरूद्देश्य-निर्विकल्प । ‘किन’ भन्ने बोल्ड प्रश्नको कुनै पनि महत्वकांक्षी जवाफ नखोजी लेखिरहेछु । लेखिरहनु नै लेख्नुको नाम हो । कर्म । लेख्नु भनेको रोप्नु हो । फलको आशा राखी- न- राखी । ओहो ! मलाई यो भक्ति–भजन याद आइरहेछ जो हरेक हप्ता हामी परिवार सडबरीको मेथोडिस्ट चर्चमा गाउँछौ ।
बिहान समय रोप्छौँ, दयारूपी बीउलाई
दिउँसो पनि गर्छौं, साँझ नपरूञ्जेल
धीरजले काम गर्छौं, फलको आशा राखी
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
जस्तो कि चेतना-भावना, अनुभूति-अ-अनुभूति, अभाव-प्रभाव-सदभाव-समभाव जे भन्नुस जसको अन्तरदृष्टी, अन्तर्बोध, अन्तरज्ञान, अन्तरघुलन र अन्तर्द्वन्द्वपछी आत्ममुल्याँकन गर्दा जस्तो जे आउछ मस्तिष्कमा, विचारमा, प्रकाशमा, ध्वनीमा, अक्षरमा, अनुभूतिमा, बिम्बमा, चरित्रमा, चित्रमा त्यस्ता अभोगाईरू होलान , अकल्पनाहरू होलान, अभनाईहरू पनि होलान । ए ! यो त फेरी अरू जस्तै साहित्य नै पो भई ल्यायो त । का बेमान । हैन र ? वास्तवमा म असाहित्यिक हुने प्रयत्न गर्दैछु विशुद्ध असाहित्यिक । म उही अरूकै जस्तो साहित्य र गद्गद भइरहेछु । था छैन के भइरहेछ तर म निबन्ध लेख्न खोजिरहेछु ।
कुनै यस्तो कालखण्ड थियो मेरो साहित्य यात्राको लगभग जेनिससतिर हो । मैले एकजना लोकप्रिय कविज्यूको कविताका केही पंक्तीहरू मेरा कविताका पंक्तीहरूमा मिसाएर लेखेछु । अब आफू भख्खरको सिकारू । यती फुर्थ्यो कि कविता । यति लेखिन कि कविता। यति लाग्दैनथ्यो दामी (आफूदेखी आफै दंग हगी) । म आफूलाई माने आफ्नो कवितालाई खुब मनपराउँथे ति बेला । आजकल पो किन म आफैसँग जोरी खोजीबस्छु । माने आफ्नो सृजनासँग, लेखनपद्दतीसँग, प्रक्रियासँग आफ्नै क्षमतासँग निँहु खोजिबस्छु । सन्देह गरिबस्छु । (ओ ! यस् अफ्टन् आई अन्डरमाइन माईसेल्फ)
कैलेकाँही किन हामी यो अस्तव्यस्त मेकानिकल (यान्त्रिक डोमिनेशन) अवस्थितिहरूबाट एकदम अलग रहेर आफूलाई मात्र आफूलाई समय दिन सक्दैनौ ? किन ? हो सक्नुपर्छ । कोशिस गरौ त लु । एकपटक आफैसँग समय बिताउ र बात मार साउतीमा । प्रेम गर आफूलाई । क्षमादान देउ आफैलाई । दयालु-कृपालु-मायालु बन आफैसँग । अनी सक्छौ तिमीले अरूलाई स्विकार्न । अरूलाई प्रेम गर्न । अरूलाई क्षमा दिन अनी बदलामा पाउनेछौ तिमीले जे रोपेको छौँ त्यसैका फलहरू कटनीको बेला प्रशस्तै प्रशस्त।
अँ म के लेख्दै थिए भने “मैले कविता चोरेको कुरा नि; किनभने अर्को एउटा विख्यात कविले, विख्यात मात्र हो र विद्वान पनि , पत्ता लाईतगो मेरो कमजोरीको— माने चोरेको आरोप लगाउनु भो । तिमी मूला चोर हो । अरूको कविताका शव्द , भाव, बिम्ब, स्टाइल चोर्ने मूला चोर हो तिमी । मैले ति आदरणिय गुरू (कि गोरु ? ) ज्यूलाई कुनै जवाफ फर्काउन सकिन मनमनै कन्फेस गरे ‘ हो त म मूला चोर त हो’ । पछी कन्फेसनमा मैले चुपचाप बिना अनुमती सापटी लिएका ति अक्षरहरूलाई आफ्नै मौलिकतासँग सब्सिटिउड गरे । मैले सिके भन्नुस न ।
साहित्यको दहमा शव्दहरूको सँरचनासँग खेल्न जान्यो भने ऊ बाँच्यो जानेन भने यो दह दलदल पो हुन्छ त । अनि डुब्नु डुब्नु भन्छन साथीहरू ? थट् चाहे त्यो भावना होस् या चेतना— डुब्नु त मर्नु रहेछ । फेरि अर्को कुरा छ यो अलि अध्यात्मवादीहरूले भन्छन् कोही नमरीकन उसले नयाँ जन्मको अनुभव गर्न सक्दैन। नयाँ जन्म माने के फेरी आमाको गर्भमा गएर जन्मनु भनेको ? होइन होइन यो त विचारमा, चेतनामा, हृदयमा र आत्मामा नयाँ भएर जन्मनु हो र मर्नु चै शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखीलाई मार्नु हो ।
लामिछाने मेरो प्रिय आइडल । निबन्धका अफ-ट्रयाक राजा । अफ-बिटमा बडो बिन्दास लेख्छन् । खै उहाँलाई उहाँको गुरूजीले भन्नु भको रे तँ आफ्नै बाटो हिड् मैले खनेको बाटो नहिँड। ओहो ! यो त अती नै बहुल्य मन्त्र हो । त्यसैले मैले यसलाई सदा मेरो जीवनको सिद्धान्त बनाए । तर म कुनै परिभाषित डगम्याटिक वादको दास हुन एक माग्दिन दुई माग्दिन तीन हजार माग्दिन । मलाई लोक अंकल याद आईरहेछ ! अँ मेरो प्यारो लोक अंकल !
सन् २०२४ को उतराद्धमा मित्रराष्ट भारतका दुईजना महान हस्तीहरूको चोला उठ्यो । प्रगतिशिल प्यारालल सिनेमाका प्रणेता बेनेगल साहाब र औलामा आवाजको जादु— बिस्वविख्यात तबलाबादक उस्ताद अल्ला रक्खाका पुत्र उस्ताद जाकिर हुसेन साहाब। प्रसँग हो जाकिर हुसेन सँग जावेद अख्तरले लेको एउटा अन्तर्वार्ता— जाबेद साहाब भन्नु हुन्छ सर यो फ्युजन के हो ? हुसेन साहाब कटाक्षसहित जवाफ फर्काउनुहुन्छ— कनफ्युजन । कुनै पनि कलाकारले गरेका सृजनात्मक कार्यहरू केवल स्याम्पल हुन् । प्रयोगशालामा ति स्याम्पलहरू ल्याईन्छ र त्यसबाट केही ठोस वस्तु बनाईन्छ अब त्यो कविता, कथा, निबन्ध, उपन्यास, आख्यान, चित्र ,सिनेमा, सँगीत जे पनि हुनसक्छ साहित्यको जुनसुकै विधा पनि बन्न सक्छ । नौलो कुनै स्थाई कुराको पछि सृजनात्मकतालाई सृजनाकार मरिहत्ते गर्दछ । तर सुलेमान भन्ने एकजना यहूदी बिद्धत कवि भन्नुहुन्छ–
‘देईर् ईज् नथिङ निऊ अन्डर द सन् । सुर्यमुनि कुनै कुरा नयाँ छैन । सबथोक अस्थाई ।
अहिले हामी जुन युगमा छौ यो युगलाई जेन : बेटा भन्दोरछ (अर्थात २२ सौ सताब्दीका बिउहरू) । मेरो जेठी छोरी (१२ वर्ष) जेन : अल्फा हुन क्यार मेरो कान्छी बैनी (२७ वर्ष) जेन : जी । म चै बहुदल जन्मनुभन्दा दुईसाल जेठो यानी म निर्दलिय जेन : पञ्च परेँ।
( सानो दृष्टान्त) अब मेरो अघिका पुस्ताहरूले प्रेमका कुरा कि त ईसारामा प्रकट गर्दथे कि त चिठ्ठीमा। थोर बहुत मैले पनि अनुभव गरेको छु । पछी मोबाईल भन्ने जिनीस आयो चिठीपत्र हरायो। मैले मोबाईलमा धेरैपटक श्रीमतीलाई पानको पात थिचेर प्रेमील भाव प्रकट गरेको छु । अहिले जमना काँ पुग्यो भने त्यो पानको पातलाई दुई हातको साहारामा प्रश्नवाचक चिन्ह जस्तो जोडेर बनाउछन् जेन-जीका तरूण-तरूणीहरू। जेन : अल्फाको कुरो अर्कै छ चोर औला र माझ औलाको सहाराले मात्र —एकदम आकर्षक देखिने पानको पात बनाउछन् खै केके गरी बनाउछन् जुन बनाउनको लागि निर्दलिय जेन : पँन्चका हातहरू बनेकै हैनन् । हामीलाई अर्थ न बर्थ गोविन्द गाई हो । अहिले मेरो कान्छी छोरी ( १३ महिनाको) जेन : बेटा दुईटा चोरी औला मात्र थिचेर हट-हट (पानको पात) भन्छे – देखाउछे- बनाउछे । म तिन वल्ड्याँग खान्छु। किनभने म पनि लाटो हुईन नी ।
म संगीत पनि गर्छु माने लेख्छु, बजाउँछु, धुन भर्छु । एकपटक एकजना कन्चुस अल्छे गायकले एआईले नेपाली मौलीक गीत बनाको भिडियो मलाई पठाउँदै थियो ।एउटा सृजनशील सर्जकमाथी यस्तो भद्दा मजाक ? यो अपमानको जवाफमा छुच्चो लेखौ कि सोचे फेरी लेखिसकेर होस है भनी मेटे किनभने बिउ त पछी उमर्छ- उमर्छ। ‘टु ईग्नोर ईज ईनफ टु बि वाईज समटाईम्स’
यो गतिमान समय नदेखिने चरो हो। सय साल अघी मात्र मानिसहरू घोडा-गधा-खच्चड् ईत्यादीमा यात्रा गर्दथे । हाम्रो गाउँघरको कुरा गरौ न— भालेको एकै डाकमा गाँउलेहरू सबेरै उठ्थे, घामको ईसारामा समय बताउँथे , बतास तौलेर ऋतु छुटाउँथे, अन्नबाली लाउँथे, झारफुक गरेरै (म्यानिफेस्टेसन अफ सुपरनेचुरल पावर) विरामीहरू निको पार्थे । आयुर्वेदिक जडीबूटी नै ज्ञान-विज्ञानका स्रोत थिए । प्रकृति र मानिस विच अनुन्यास्रीत सम्बन्ध थियो । प्रकृतिसँग मानिस नित्य उठबस गर्दथ्यो । प्रकृतिको भाषा बुझदथ्यो, भाव बुझ्दथ्यो, भय बुझ्दथ्यो, लय-प्रलय बुझ्दथ्यो । प्रकृतिको सुरक्षा गर्दथ्यो यसकारण उ सुरक्षित थियो । प्रकृतिमाथी आस्था (पुजा) राख्दथ्यो यसकारण उसको सास चल्दथ्यो । गाँस, बास, कपासको सुविधा पाउँदथ्यो ।
यसरी जुगौ देखी मानिस र प्रकृतिको यो सन्तुलित सम्बन्धमा खै कहाँबाट आयो सुविधासम्पन्न आधुनिक युग र विक्षेद गरिदियो प्रकृति सँग मानिसको सम्बन्ध । विस्थापि गरिदियो प्रविधी नामको राक्षसले मानिसको युगौ देखि अस्तित्वमा रहेको संस्कार, संस्कृती, आस्थासँग जोडिएको भातृत्वभाव, प्रेम, मिलाप, दया, भलाई, करूणा, कृपा जो मानव सभ्यताकै उच्चतम प्राकृतिक नियमहरू हुन् ।
अहिले प्रविधीको साम्राज्य अकल्पनीय तवरले जसरी फैलिएको छ । यो निकै त्रासदीपूर्ण छ । हातका औलाहरूमा यो ब्रमाण्डाका कुनाकाप्चाका सुचना मानिससँग छ । ब्रमान्डइतरका सुचना- ज्ञान मानिससँग छ । हामीले कल्पना सम्म पनि नगरेको स्रोत साधान र सुविधा मानिससँग छ ।
प्रविधिले जन्माएको सुविधाले गर्दा मानिस सृजनशिल कम र प्रविधिनिर्भर ज्यादा भए। मौलिकता अब केवल अपवादमा मात्र सिमित। तर यो नभुलौ हामी कि यसका पनि आफ्नै सिमितताहरू छन् आखीरकार यो पनि कुनै मानिसले निर्माण गरेको सृजनाको उपज त हो । फेरी प्रविधिबाट प्राप्त सबै सुचना र ज्ञान नै अन्तिम सत्य पनि होईनन् । अथेन्टिसिटीमा बग्रेलती प्रश्नहरू आउँछन् । आएकाछन् । कुन असली? कुन नक्कली ? अप्राकृतिक सृजनाको आयु दिर्घकालिन हुँदैन । कुनै एक कालखण्डमा त्यो स्वत: विलय भएर जानेछ ।
प्राकृतिक फूल र पल्यास्टिकको गुलाफमा एउटै कुरा फरक छ । त्यो हो सुगन्ध । कृत्रिम फूलमा रंग-रूप होला तर रस-राग हुँदैन । जसमा सास छैन , जीवन छैन त्यसमा श्रिँगारको के अर्थ ? मानिस पनि सास फेर्ने जीवीत प्राणी हो यसकारण जती जती हामी प्रविधीनिर्भर बन्दै जान्छौ र कृतीमताको खोल ओड्छौ त्यति नै खेर हामी सास फेर्नबाट बन्चित बन्दछौ । प्रकृतिबाट टाढा हुनु जीवनबाट टाढा हुनु जस्तै न हो । मानिस प्राकृतिक रूपमा प्राण, आत्मा र शरिरले बनेको अत्यन्त चेतनशिल प्राणी हो । प्रविधीको दास बनेर मानिस रोबोटको दुनिया बसाउन थालेको हो भने यसको नतिजा अबको १०० साल पछी कस्तो होला भनेर कल्पना गर्न पनि गारो छ ।
एकपटक सत्यजीत रे साहबको लघुसिनेमा “ अनुकुल “ हेरौ ( साईन्स फिक्सन ड्रामा सर्ट मुभी ) । किनभने हातमा किताब च्यापेर पढ्ने जमाना त रहेन अबको युग । यदी बेलैमा प्रविधिलाई नियन्त्रण मानिसले गर्न सकेन भने कालान्तरमा मानिस प्रविधीको नियन्त्रणमा रहन सक्छ जसका ज्वलन्त उदाहरणहरू हामीले प्रतिदिन प्रत्यक्ष- अप्रत्यक्ष भोगिरहेछौ । जसरी मेरो बुढी औलाले डिजीटल अक्षरहरूलाई मोबाईलको स्क्रिनमा टपटपटपटप टिप्दै टाँसेर बनाउन खोजिरहेछ टेक्नो-रथ : पाँङ्ग्रामा टाँसिएका असँख्य आँखाहरूको चित्रविम्ब । ( कलमले कापीमा नकोरेको सन् २०१२ पछी हो )
मलाई प्लेटोका शिष्य अरस्तूको खुब याद आइरहेछ यतिखेर ‘प्रविधीले पनि प्रकृतीको अनुकरण गर्दछ तर प्रविधि मानिसको प्रामाणिक रचनात्मकताबाट प्रकृतिको विरूद्ध वा उ भन्दा अघी जान सक्छ’ जेन : बेटालाई मेरो सुभेच्छा सहित — तथास्तु । पृथिवी चिरन्जिवी रहोस् तर स्व-इच्छाशक्ति र अन्तिम-निर्णयको च्वाईस मानिसलाई छ प्रकृति र प्रविधिलाई होईन । शालोम ।
साउथ ह्यारो, लण्डन
माया नेवा:छेको ठिक माथ्लो तल्ला
यस निबन्धमा समावेश विचार तथा भाषारूप लेखक स्वयंले प्रयोग गरेअनुसार जस्ताको तस्तै राखिएको छ । –सम्पादक। आवरण चित्र : काइरस सुनुवार ।