युके विशेष

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

301views

खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । कार्यक्रमको अन्तिममा कवि सुनुवारले आधा दर्जन कविता सुनाएका थिए ।

कार्यक्रममा बोल्दै वक्ता गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए । अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । यस्तै सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।

कवि खुपेन सुनुवार कार्यक्रममा कविता सुनाउँदै ।

‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित  छ ।

‘नेपाली बुक्स युके’ तथा ‘साहित्य–संगालो युके’को संयुक्त आयोजनामा भएको कार्यक्रममा युकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।   कवितासङ्ग्रहको बिक्री Nepali Books UK ले युके तथा युरोपभरि गर्ने बताइएको छ । हेर्नुहोस् तस्बिरहरू :

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

जीवन तिवारी
जीवन तिवारी कवि एवं पत्रकार हुन् । समसामयिक विषय तथा कला-साहित्यका समाचार उनको प्राथमिकतामा पर्छ । हाल उनी युकेस्थित लन्डनमा बस्दै आएका छन् ।