युके विशेष

अध्ययनका लागि बेलायत जाने विद्यार्थीको सूचीमा नेपाल पाँचौँ नम्बरमा

178views

लण्डन: नेपाल बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको छ। बेलायतस्थित संस्था ब्रिज नेपालले शनिबार आयोजना गरेको एक वेबिनारमा उक्त तथ्यांक पेस गरिएको हो। वेबिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो आर्थिक अवस्था मजवुत नभए अण्डरग्रयाजुएट पढ्न नआउन सुझाव दिए ।

हाइअर एजुकेसन स्टाटिस्टिक इन द युकेको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा ६० हजारभन्दा बढी नेपाली विद्यार्थीले बेलायत अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन्।

सन् २०२५ मा मात्रै २० हजारभन्दा बढी नेपाली विद्यार्थी बेलायत आएको तथ्यांकले देखाउँछ।

२०२४/२५ शैक्षिक वर्षमा बेलायतका उच्चशिक्षा संस्थाहरूमा १७ हजार ३८५ नेपाली विद्यार्थीले उच्च शिक्षा कार्यक्रम सुरु गरेका थिए, जुन चार वर्षअघिको तुलनामा करिब १० गुणा बढी हो।

बेलायतका विश्वविद्यालयहरू विश्वभरका प्रतिष्ठित अध्ययनको गुणस्तर उच्च मानिने भएकाले बेलायतमा विद्यार्थीको आकर्षण बढ्दो छ। अध्ययनपछि काम तथा आवास जस्ता अवसरहरूले पनि विद्यार्थीलाई आकर्षित गरिरहेका छन्।

धेरै नेपाली विद्यार्थीले स्नातकोत्तर, प्रविधि तथा व्यवसाय सम्बन्धी कार्यक्रमहरू रोजिरहेका छन्।

बेलायतमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भारतले पठाउने गरेको छ। त्यसपछि चीन, नाइजेरिया र पाकिस्तान रहेका छन्।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.