युके विशेषसमाचार

पूरा भयो पिटरबरोबासी नेपालीको आफ्नै हल बनाउने सपना

नयाँ वर्ष साँझसहितको कार्यक्रममा गरियो भव्य उद्घाटन

318views

युकेको पिटरबरो भन्नेबित्तिकै नेपालीहरूले सांस्कृतिक तथा सामाजिक गतिविधि गरिरहेको झल्को धेरैको दिमागमा आउँछ । दुई हजारभन्दा बढी नेपालीहरूको बसोबास भएको यो सहरमा अब नेपाली समाजको आफ्नै कम्युनिटी हल तयार भएको छ ।

सोमबार यही हल उद्घाटन तथा नयाँ वर्ष सांस्कृतिक साँझ भव्य ढंगले मनाइयो । सन् २००७ मा स्थापना गरिएको ‘पिटरबरो नेपाली समाज’ले सय वर्षका लागि लिजमा लिएर सामुदायिक हल (स्टाफोर्ड कम्युनिटी हल) पुनर्निर्माण गरेर सञ्चालन गरेको हो । जसलाई अहिले सहरभरि नै नेपाली कम्युनिटी हलको नामले चिन्ने गरिएको छ ।

सोमबार बेलायतका लागि कार्यबहाक नेपाली राजदूत विपिन दवाडी, पिटरबरो सिटी काउन्सिलको मेयर जुडी फक्स, स्थानीय सांसद एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायतको उपस्थितिमा हल उद्घाटन गरियो । साथै युकेका विधिन्न सहरबाट आएका नेपाली सामाजिक संस्थाका प्रमुखहरू पनि सभामा उपस्थित थिए । संस्थाका सचिव देवी गौतमले सञ्चालन गरेको कार्यक्रम सुरुमा औपचारिक रूपमा हल उद्घाटन र पछि नयाँ वर्ष शुभकामना साँझ गरी दुई चरणमा गरियो।

पिटरबरो नेपाली समाजका अहिलेका अध्यक्ष विष्णु थापा, ट्रस्टी संयोजक केशव खतिवडा, महेश अधिकारी, घनश्याम पौडेल, डा. राजु सापकोटा, अर्जुन भण्डारी, केशव भण्डारी, भक्त विश्वकर्मा, सिएम खरेल, रवि आचार्य, युवराज ढकाल, लव शर्मा, निरञ्जन सेढाईं, किरण कार्की लगायत अगुवाहरूले हल निर्माणको लागि विगत तीन वर्षदेखि विभिन्न जिम्मेवारी लिएर काम गर्दै आएका थिए ।

पहिलाकै भवनलाई मर्मत तथा स्तर उन्नति गरिएको यहाँ अहिले तीनवटा हल रहेको छ । यी हलमा सांस्कृतिक कार्यक्रमदेखि बैठक, योगा, ध्यान, खेलकुद, तालिम लगायत कार्यक्रमहरू गर्न सकिन्छ । पिटरबरो नेपाली सोसाइटीको वेभसाइट https://pnsuk.org/ बाट शुल्क तिरेर हल बुकिङ गर्न सकिनेछ । हेर्नुहोस् फोटोहरू :

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.