फिचर

असीमको लेन्सले देखको संसार

1.4kviews

असीम निरौलाले सामाजिक सञ्जालमा राख्ने फोटोहरू अरूको भन्दा फरक देखिन्छ । एउटै दृश्यलाई फरक नजरले हेर्नु र लेन्समा उत्कृष्ट ढङ्गले कैद गर्न सक्नु फोटोग्राफरको कला हो भने त्यस कलामा असीम अब्बल हुने बाटोमा छन् ।

अहिले काठमाडौंको गोकर्ण बस्ने असीम बिजेनेस म्यानेजमेन्टमा स्नातक गरिरहेका विद्यार्थी हुन् । उनको पुरानो घर मोरङको लेटाङ हो । असीमका अनुसार उनी बाल्यकालदेखि नै फोटोग्राफीमा रुची राख्थे । बिस्तारै उनको रुचीले आकार पाएको छ । पछिल्लो पाँच वर्षदेखि उनी सक्रियताका साथ पढाइ र फोटोग्राफीमा लागिरहेका छन् ।

तपाईंलाई कुन कुराले फोटो खिच्ने बाटोमा ल्यायो ? भन्ने प्रश्नमा असीम भन्छन्— विद्यालय पढ्दादेखि नै मलाई फोटो खिच्न मन पर्‍थ्यो । त्यो रहर नै अहिले रुचीमा बदलिएको छ । व्यवसायिक बन्ने बाटो भने भेटेको छैन । साथै उनी थप्छन्— मलाई फोटो खिच्न प्रेरित गर्ने हाम्रो वरपरको संसारको गहिरो सौन्दर्य र विविधताले हो । अरूभन्दा फरक भाव र अभिव्यक्ति भरिएका मानिसको जीवन अथवा सडक किनारका आम मान्छेहरूले पनि मलाई फोटो लिन आकर्षित गर्छन् ।

कम बोल्ने तर गहिरो सोचमा ध्यानपूर्वक काम गर्ने असीमको स्वभाव हो । यही स्वभाव कतै न कतै उनको फोटोग्राफी कलामा पनि झल्किन्छ । यहाँ असीमले विभिन्न समयमा खिचेका सातवटा तस्बिरहरू राखिएको छ । उनको थप फोटोहरू इन्स्टाग्रामको यो लिंकमा गएर हेर्न सकिन्छ : https://www.instagram.com/ashim.niroula.9210

असीमका फोटोहरूबारे प्रतिक्रिया यहाँबाट ashimniroula07@gmail.com दिन सक्नुहुनेछ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.