साहित्य

आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ बजारमा

715views

कवि आर्यशको पहिलो कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ ‘ बजारमा गएको छ ।

करिब एक दशकदेखि कविता लेखनमा सक्रिय आर्यशका कविता सामाजिक सञ्जालमा निकै रुचाइने गर्छन् । यद्यपि प्रिन्ट संस्करणमा उनको कवितासङ्ग्रह प्रकाशन भएको थिएन । आर्यशका कविताहरूमा उदासीनता, कलात्मक विद्रोह चेत, कोमलता, सिर्जनशील अराजकतालगायत विविधता पाइन्छ ।

कुल ५८ थान कविता रहेको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’लाई इन्डिगो-इन्क बुक्स काठमाडौंले साउनको अन्तिम साताबाट बजारमा ल्याएको हो । १ सय ४ पृष्ठ रहेको कवितासंग्रहको मूल्य ३ सय रुपैयाँ रहेको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.