साहित्य

जिन्दगीबाहेक अरू केही दिन सकिनँ

652views

सारा केश–राशिलाई दुई भागमा छुट्याउने सिउँदो
जब तिमीले रातो सिन्दुरले भरिदियौ
त्यही दिनदेखि दुईटा जिन्दगीलाई देखेँ मैले
एउटै साझा भविष्य ।

तिमीले रंगमा भेट्यौ हौला— केही थान सम्बन्धहरू
तर मैले भेटेँ— सिंगै इन्द्रेणी एउटा सिउँदोमा ।

अफसोच यति रह्यो
कि तिमीले दिएको सिन्दुरको बदला
मैले जिन्दगीबाहेक अरू केही दिन सकिनँ !

हरेक पल एक्लो हुन्छु— तिमीलाई नभेटुन्जेल
हरेक श्रृङ्गार फिक्का हुन्छ्न्– तिमीले नहेरुन्जेल
म चाहन्छु— मलाई ऐनाभन्दा पहिले तिमीले देख्नू
म चाहन्छु— तिमी ममा हराउनू
गीत गुनगुनाउनू/कविता लेख्नू
आस्थाको अमूर्त देवताको एक चित्र कोर्नू,
मलाई ममाथिको तिम्रो हक कहिल्यै बन्धनजस्तो लाग्दैन
कुनै रहर छन् अरू या सपना छन् जस्तो लाग्दैन ।

मात्र यति बुझिदिए पुग्छ-
कि म दौडिनु भनेको तिमी रोकिनु होइन
म जित्नु भनेको तिमी हार्नु होइन
म उड्नु भनेको तिमी पछारिनु होइन ।

प्रेमको खुला आकाशमा सँगै उडेको ए चरी !
के तिमी पनि यो कुरा स्विकार्न सक्छौ ?
०००

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

1 Comment

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.