
276views
लण्डनस्थित वाटफाेर्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले हर्षोल्लासपूर्वक तिहार तथा दिपावली शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।
शनिबार वाटफाेर्डस्थित टाेलपिट्स लेनकाे सभाहलमा ‘वार्टफोर्ड नेपाली समुदाय’को तर्फबाट सुदर्शन रुवालीको संयाेजकत्वमा कार्यक्रम सम्पन्न भएकाे थियो । देउसी-भैलाे, नाचगानसहित सम्पन्न कार्यक्रममा सयभन्दा बढी नेपालीहरू उपस्थित रहेका थिए ।
संस्थाले यसअघि पनि दशैं, तीज, नयाँ वर्षलगायत चाडपर्वमा नियमित कार्यक्रम गर्दै आएको छ ।
प्रस्तुति : जीवन तिवारी

add a comment



