
925views
पत्रकार अरूणदेव जोशी ‘नीलकण्ठ जशोदा पत्रकारिता शीर्ष सम्मान तथा पुरस्कार– २०८०’ बाट सम्मानित भएका छन् ।
शनिबार काठमाडौंमा आयोजत एक कार्यक्रममा जोशीलाई नीलकण्ठ जशोदा फाउण्डेसन अमेरिकाको तर्फबाट डा. सुरेन्द्रकुमार सिटौला, किशोर उप्रेती, विनोदकुमार भेटवाल लगायतले सम्मान गरे ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय जोशी डकुमेन्ट्री एवं फिल्म निर्देशनमा संलग्न छन् । उनको ‘दियाली’, ‘नओभाएका आँखा’, ‘कमारो’लगायत फिल्महरू अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन भइसकेका छन् । जोशी ‘नेपाल हुमन राइटस् इन्टरनेशनल फिल्म फेस्टिभल’का अध्यक्षसमेत हुन् ।
add a comment



