युके विशेष

साहद करिनका ३ फिलिस्तीनी कविताहरू

Picture pf moon rover
moon mission
975views

कवि सुनुवार खुपेनद्वारा अनूदित साहद करिन (Shahd Karaeen) का तीन hublot replica फिलिस्तीनी कविताहरू White Shoes कवितासङ्ग्रहबाट यहाँ राखिएको हो । यरूसेलममा जन्मिएर हुर्केकी साहद एक संवेदनशील र प्रतिबद्ध फिलिस्तीनी कवि, नारीवादी अभियन्ता तथा सामाजिक न्यायकी निस्वार्थ सेविका हुन्। बेलायतमा बसोबास गरिरहेकी करिनले आफ्नो सिर्जनाशील स्वरमार्फत् फिलिस्तीनी जनताको स्वतन्त्रता, शान्ति र replica Hublot अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आइरहेकी छन्।

उनका कविताहरू युद्धले चिथोरेका सपनाहरू, विस्थापनको पीडा र replica watches प्रतिरोधको मौन सासजस्तै छन्— जसमा दु:ख, प्रेम र आशाले एउटै सन्दर्भमा सास फेर्छन्।

१. फिलिस्तीनी झण्डाको क्रन्दन (The cries of the Palestinian flag)

छोराहरू ढलेका छन्, च्यातिन्छ आमाको छाती,
नुनिलो आँशुले सिँच्दछ अभागी सुख्खा वृक्षमाथि।
हरियो रङले जब बोल्दछ– आशा र अङ्कुर
तर सपना तुहिन्छन्, बाँच्नु छ मुस्किल ।

सेतो रङले बोल्दछ शान्ति तर हेर्नुस् लासहरूको रछ्यान,
कफनले ढाकेको छ जमिन हेर्नुस् मृत्युको ओछ्यान।
सन्तानहरू सुतिरहेका छन् माटोमुनि चिर शान्तिमा,
लडिरहेका छन् अस्तित्वको लागि फिलिस्तानी क्रान्तिमा।

कालो रङले बोल्दछ— संघर्षका दैनिक कथा,
स्वप्न होइन यथार्थ हो उनीहरूका दैनिक दुर्दशा।
झण्डामा कोरिएको चोट— जीवनकै प्रतिविम्ब
रगतले लेखिएको व्यथा— मिथ्या हैन सत्य।

रातो त्रिकोणले जब लडाइँमा हार खायो,
तर साहस बाँकी छ, शिर उनीहरूले उठायो।
अन्तिम साससम्मै उनीहरूका पैताला उभिनेछन्,
न्याय नपाउन्जेल प्रतिरोधमा आवाज उठ्नेछन्।

आशाको रङ फैलिने छ एकदिन बनेर मधुकर गीत,
जैतुनका रूख र पुदिनाको चिया औ ! एकताको प्रतीक।
आशाकै भरोसामा अडिने छ उनीहरूको अटुट एकता,
त्यही एकतामा फरफराउने छ— स्वाभिमानी फिलिस्तीनी आत्मा।

Painting by Tala Abunuwar. Three Women with orange Baskets.

२. आशाको निदरी (Lullaby of Hope)

सपनाको कुनै प्रान्तमा
मेरो चेतनाले जब उडान भर्दछ,
उज्यालो प्रकाशमा नुहाउँदै
यरुसेलमका गल्लीहरू छिचोल्दै
पुरानो सहरमा म छायाझैं बग्दछु।

अतीतका आनन्दित सम्झनाहरूले
शान्तिको अतीव अनुभूति भरिदिन्छन्
मेरै हृदयको गहिराइमा।

त्यही सहरमा—
जहाँ मेरो हजुरबुबा शान्त भएर सुतेका छन्,
जब म पुग्दछु उहाँ गाडिएको चिहान नजिक—
त्यो क्षण, सर्वोत्तम क्षण—
यस्तो लाग्छ कि उहाँ एकदमै नजिक हुनुहुन्छ,
छेउमै उभिएर मेरो आत्मासँग बोलिरहनु भएको छ।

त्यसपछि मेरो आत्मा तैरिन्छ
एक उजाड नीरब भूमिमा,
जहाँ जैतुनका हरिया रूखमुनि
फिलिस्तिनी महिलाहरू
आशाको फसल टिपिरहेका हुन्छन्—
दयालु, तर बलशाली हातहरूबाट।

उनीहरूको एकताले भरिएको हासोको गूँज,
चियाको गन्ध, र निस्फल शान्तिको स्पर्श
म अँगाल्दछु—
प्रेम र अनुग्रहले भरिएको त्यो स्वप्नील अवस्थिति।

एक दिव्य आवरणले सजिएका
गर्वले भरिएका ती महिलाहरू—
झल्किन्छन् एक द्रुत अग्निशिखाजस्तो
जीवन्त रङ्गहरूमा—
जहाँ उनीहरूले बोकेका कथाहरू
उजागर हुन्छन्,
एक खुला प्रदर्शनीजस्तै।

जब सपनाको गहिरो रहस्य खुल्न थाल्दछ,
म थाहा पाउँछु—
ति बिथोलिएका जीवनका पीडा र इतिहास।
तर म लडिरहन्छु—
उज्यालो सपना समातिराख्न।

कलिला हातहरूले समातेका मैनबत्तीजस्तै
आशाका प्रतीकहरू,
दृढतासँग पक्रिएको एकताका अनुभूति—
जुन छ परिधिहीन शक्ति।

लण्डन सहरको व्यस्त आवाजले
जब म हठात् झस्कन्छु—
र आँखाले च्यातेर हेर्छु यथार्थलाई—
त्यो कठोर, तर सत्य—
मेरा फिलिस्तिनी नागरिकहरूका
स्वतन्त्रताको लागि तडपिएको आवाज।

सपना विलुप्त हुन सक्छ,
तर बाँकी रहन्छ त्यसको प्रादुर्भाव—
रहन्छ सम्झना
ती कठोर संघर्षहरूको,
र कहिल्यै नमेटिने वेदनाहरूको।

हो म—
मेरो ‘आशाको निदरी’भित्र
सारा संसारसँग साझा गर्दछु
एक उज्यालो सपना—
जहाँ फिलिस्तीनी आत्माको आवाज गुञ्जन्छ
र अँध्यारो घुम्टो हट्दै-हट्दै जान्छ
सदा-सदाका लागि।

३. आशा : जसरी दिन ब्युँझन्छ (Hope; as day awakes )

उज्यालो किरणमा आशा, दिनको ब्युँझँदो अनुहार,
साँझ मृदुल छायामा आशा, रातको चम्किलो मुहार

नव प्रभातको आशा सुनौलो बिहानीमा,
माया गर्ने प्रियसीको आशा भिजेको सिरानीमा।

माटोमुनि सुतेकाहरूका आशा अझै बाँचेका छन्,
युद्धविरामपछि खेलिरहेका बालकहरू हेर ! हाँसेका छन्।

ऐक्यभाव जब उठ्दछ— आशा भरिन्छ विश्वभरि,
एक भएर अघि बढ्ने— विश्वास जाग्छ हृदयभरि।

मानवताको स्वर उठेर— आशा फेरि जाग्दछ
प्रेमको अँगालोमा— उज्यालो भविष्य बाँच्दछ।
०००
अनुवादक परिचय : युके साउथ ह्यारो बस्दै आएका खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ माया पब्लिकेशन काठमाडौंबाट प्रकाशित छ । कविता गीत र निबन्ध लेखनमा सक्रिय सुनुवारले विश्व कविता पढ्दै जाँदा आफूलाई मन परेका कविता अनुवाद गर्ने गरेका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.