साहित्य

‘हङकङ साझा साहित्य श्रृङ्खला’ सम्पन्न : नयाँ कृतिहरू हङकङ पुगे

311views

पछिल्लो समय प्रकाशित भएका आधा दर्जन साहित्यिक कृतिहरू हङकङमा सार्वजनिक गरिएको छ । १ सय २७ ‌औं ‘हङकङ साझा साहित्य श्रृङ्खला’को उपलक्ष्यमा आयोजित रचना वाचन तथा अन्तरक्रिया कार्यक्रममा पुस्तकहरू सार्वजनिक गरिएका हुन् ।
कवि निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, देव भण्डारीको ‘बाबा र माटो’, उत्तम निरौलाको उपन्यास ‘सखिला’ तथा असीम सागरको कविताकृति ‘क’लगायत पुस्तकहरू सार्वजनिक गरिएको हो ।

हङकङमा रहेका लेखक तथा पाठकको सहज पहुँच र पठन संस्कृति अविवृद्धि गर्न प्रत्येक महिना रचना वाचनसहित यो कार्यक्रम गर्दै आएको कवि देवेन्द्र खेरेसले बताए । उनका अनुसार नेपाल तथा विश्वका जुनसुकै देशबाट प्रकाशित नेपाली भाषाका पुस्तकमाथि हङकङमा चर्चा हुँदै आएको पाइन्छ ।

हङकङ साझा साहित्य शृङ्खलाका संयोजक चित्रकार तथा कवि रमण गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.