
1.3kviews
बेलायतस्थित लण्डनबाट रेकर्ड गरिने पोडकास्ट ‘राइनो टक’ (Rhino Talks) दर्शक-स्रोतामाझ लोकप्रिय बन्दै गएको छ । अहिलेसम्म पोडकास्टको दुई भाग प्रसारण भइसक्दा कार्यक्रमको धेरैले सराहना गरेका छन् ।
पहिलो भागमा संस्कृत भाषाका अध्यापक एवं साहित्यकार दुर्गाप्रसाद पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत गरिएको थियो । यस्तै दोस्रो भागमा चर्चित पानीजहाज यात्री भिम राईसँग जहाज यात्राबारे गरिएको रोचक कुराकानी प्रस्तुत छ ।
टेलिभिजन पत्रकारितामा लामो समय काम गरेका देवी गौतमले ‘राइनो टक’ पोडकास्ट सञ्चालन गरिरहेका छन् । पोडकास्टको निर्माण एवं निर्देशन दिनेशकुमार परियारले गरेका छन्। पोडकास्टलाई युट्युब, फेसबुक र टिकटकमार्फत् हेर्न सकिनेछ । साथै नेपालमा मुनलाइट टेलिभिजनबाट पनि यो पोडकास्ट प्रशारण भइरहेको छ ।
add a comment