युके विशेष

लण्डनमा एकैसाथ एउटै मञ्चमा कला-प्रदर्शनी र कथासङ्ग्रह सार्वजनिक

572views

नेपाली कला र साहित्यलाई केन्द्रमा राखेर लण्डनस्थित युनिभर्सल पिस फेडेरेसनको हलमा तीन दिने ‘प्यालेट र प्रोज’ नामक एक रोचक कार्यक्रम सम्पन्न भएको छ । जसमा दुईजना कलाकारको कला प्रदर्शनी र एक कथाकारको कथासङ्ग्रह एउटै हलमा सार्वजनिक गरियो ।

पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो । यसपछि साहित्यकार डा. संगीता स्वेच्छाको अंग्रेजी कथासङ्ग्रह ‘रोजेज ओडिसी’ (Rose’s Odyssey) सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै ‘युनिभर्सल पिस फेडेरेसन, युके’का निर्देशक मार्गारेट अलि तथा महासचिव रबिन मार्शले सांस्कृतिक आदान-प्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला र साहित्यलाई प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा दुई कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिले नेपालको विविध परिदृश्य र वास्तुकलालाई समेटेको थियो । नेपाल चिनाउने कलाकृति अवलोकन गरेपछि यी दुई कलाकारको धेरैले प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन युकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायेति लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टिभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्त रूपमा कथासङ्ग्रह रोजेज ओडिसी सार्वजनिक गरेका थिए ।

जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको कथासङ्ग्रह रोजेज ओडिसी यसअघि सन् २०१९ मा ‘गुलाफसँगको प्रेम’ शिर्षकमा नेपाली भाषामा प्रकाशित भएको थियो । साथै साहित्यकार स्वेच्छाको ‘सेतो सिउँदो’ उपन्यास चर्चित छ । दुवै कलाकार पी. सिंह र रोस्लिन सिंह तथा संगीता स्वेच्छा युके बस्दै आएका छन् ।

कथासंग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिँदै ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

नृपेश उप्रेती
नृपेश उप्रेती नेपालीन्युज युकेका प्रधान-सम्पादक हुन् । गीत, गजलसँगै अखबारी लेखनमा सक्रिय उप्रेती हाल बेलायतमा बस्दै आएका छन् । उनले यसअघि 'देशान्तर' साप्ताहिक, हिमालखबर तथा नेपाल टेलिभिजन लगायतमा काम गरेका छन् ।