
नवीन स्याङ्तानले नेतृत्व गरिरहेको ‘नेपाली जनप्रगतिशिल मञ्च, युके’ विप्लव नेतृत्वको नेकपामा समाहित हुने भएको छ। स्याङ्तानको टोलीले गत मार्च महिनामा जनप्रगतिशील मञ्च युकेको कमिटीबाट तत्कालीन अध्यक्ष मान गुरुङ तथा महासचिव विमला लिम्बुसहितको कमिटीबाट विद्रोह गर्दै नयाँ कमिटी निर्माण गरेको थियो ।
यही अप्रिल दोस्रो साता बसेको मञ्चको बैठकले ‘नेपाली विशेषता सहितको वैज्ञानिक समाजवाद’ प्राप्त गर्नका निम्ति नेपाली राजनीतिमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मात्रै एक विकल्प भएको’ निष्कर्ष निकालेको मञ्चका अध्यक्ष नवीन स्याङ्तानले बताए। विप्लव अहिले समाजवादी मोर्चाका संयोजक रहेका छन् ।
नवीन स्याङ्तान, सरोज कामती, बृजम राई, पूर्णिमा स्याङ्तान लगायतका युवाहरू रहेको मञ्चले विदेशमा बसेर नेपाल र नेपालीको हितका लागि काम गर्ने नयाँ प्रगतिशील संगठन बनाउने लक्ष्य लिएको छ ।



