समाचारसाहित्य

भोजपुर चखियामा पहिचान पुरस्कार २०८० हस्तान्तरण

361views

लेखक एवं पत्रकार प्रकाश गुरागाईं र साहित्यकार प्रगति राई ‘पहिचान पुरस्कार कोष’ बाट पुरस्कृत भएका छन्। पहिचान पुरस्कार कोषले भोजपुरकाे रमणीय गाउँ चखियामा एक कार्यक्रमको आयोजना गरी गुरागाईं र राईलाई वर्ष २०८० को पहिचान पुरस्कारले सम्मान गरेको हाे।

गुरागाईंको पुस्तक ‘जक्सन पिपलबोट नयाँ सडकको कथा’ र प्रगति राईद्वारा लिखित उपन्यास ‘थाङ्ग्रा’ को चार लाख दुई हजार दुई सय रुपैयाँसहित सम्मान गरिएको हो । साहित्यकार खगेन्द्र संग्रौला र कोषका संस्थापक नरेश काङमाङ राईले लेखकद्वय गुरागाईं र राईलाई सम्मान पत्रसहित पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

गुरागाईंको पुस्तक जक्सन पिपलबोटले राजनीतिक, सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहास र पहिचानको मिहिन खोजी गरेको हुँदा उक्त प्रेरणादायी योगदानको लागि पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ। त्यसैगरी राईले आफ्नो उपन्यासमा छोरीलाई वंश अधिकारको मुद्दा उठाएकी छन्।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.