समाचार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जेनेभा श्रम सम्मेलनमा: हेर्नुहोस् तस्बिरहरू

Ram Chandra Poudel, President of Nepal at the Inaugural Forum, Global Coalition for Social Justice during the 112th Session of the International Labour Conference in Geneva, Switzerland. 13 June 2024. Photo Ania Freindorf / ILO
258views

जेनेभामा सुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको मुख्य वक्ताकारुपमा बोल्नुहुँदै राष्ट्रपति पौडेलले भनेका छन्- ‘विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठुला उत्सर्जनकर्ताहरू यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन ।’

यस्तै ‘जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको’ पनि उनले बताए ।

हेर्नुहोस् जेनेभामा राष्ट्रपति पौडेलका तस्बिरहरू :

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.