
394views
युकेभरि रहेका नेपाली चर्चहरूको संस्था एनसीसी युकेले (NCCUK) लन्डनको फेल्थाममा रहेको फुटबल मैदानमा च्यारिटी कप फुटबल तथा सांस्कृतिक मेला गरेको छ । फुटबलतर्फ ‘होस्सना चर्च फोक्सटन’ प्रथम भएको थियो भने ‘याहोबे चर्च क्यामबर्ली’ दोस्रो भयो ।
मेलामा युकेमा रहेका २६ वटा मण्डली (चर्च) सहभागी थिए । साथै मेलामा नेपाली मौलिक कपडा, सेलरोटी, म:म, सेकुवा परिकारका स्टलहरू राखिएको थियो । ‘युनाइटेड नेपाली रिभाइभल चर्चले’ भक्ति पुस्तक तथा नेपाली साहित्यिक पुस्तकहरू पनि प्रदर्शनी राखेको थियो ।
‘एनसीसी युके’का अध्यक्ष फिलिप रसाइलीले संस्थाले वर्षभरि नै सांस्कृतिक तथा भक्ति कार्यक्रम गरे पनि सबैलाई समेटेर च्यारिटी कप फुटबल तथा सांस्कृतिक मेला प्रत्येक वर्ष निरन्तर गरिने जानकारी दिए ।





add a comment