साहित्य

प्रदीप सापकोटाको ‘यात्राको लय’ बजारमा

406views

प्रदीप सापकोटाको नियात्रासङ्ग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ ।

नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा,नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डा.लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी,अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायत सहभागी एक कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका ब्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति छ । पाठकलाई आफुसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता छ भन्दै कृतिको बारेमा संक्षेपमा चर्चा गर्नुभएको थियो । द्धन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका बताइन । अर्का बरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गर्दै नियात्रामा प्रदीप सापकोटाको भविष्य रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गर्छन् नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने ,नियात्राकारले सरोकारवालाह्ररुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनु पर्नेमा त्यस्तो भैनरहेको विचार व्यक्त गरे ।

यात्राको लयमा विगतको सशस्त्र द्धन्दकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ । कथा पढेको भान पर्छ । कतिपय यात्राहरु श्रृङ्खलामा बगेका छन् । द्धन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका देखिन्छ ।

नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय प्रदीप सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तकासङग्रह) प्रकाशित भैसकेका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.