युके विशेष

होम परिबागको अनुवादमा विश्वप्रसिद्ध दुई कविताकृति प्रकाशित

557views

विश्वप्रसिद्ध कविहरू खलिल जिब्रान र रूमीका कविताहरू नेपाली भाषामा अनुवाद भएका छन् । कवि तथा लेखक होम परिबागको अनुवादमा ‘रूमीका १०० कविता’ तथा खलिल जिब्रानको ‘पैगम्बर’ (द प्रोफेट) प्रकाशित भएको हो ।

कवि तथा उपन्यासकारको परिचय बनाएका होम परिबागका अनुसार प्रेम जीवन र अध्यात्ममा खालिल जिब्रान र रूमी अद्तिय स्रष्टा मानिन्छन् । ‘यी दुवै कविलाई मैले हृदयदेखि मन पराएँ र श्रद्धा गर्न थालेँ । यही प्रेम र श्रद्धाको सुमनलाई उजिल्याउन मैले यी पुस्तकलाई अनुवाद गर्ने प्रयास गरेको छु’, परिबागले पुस्तकको भूमिकामा भनेका छन् ।

आधुनिक नेपाली कविता प्रसिद्ध कवि शैलेन्द्र साकारसँग लेखक होम परिबाग काठमाडौंमा ।

दुवै पुस्तक ‘सोसाइटी बुक्स’ काठमाडौंले प्रकाशन गरेको हो । कामको सिलसिलामा नेपाल र लण्डन आउजाउ गरिरहेका परिबागका यसअघि ‘याद हराएको मान्छे’ उपन्यास र ‘यात्राहरू नारायणगोपालका’ नामक गीतसङ्ग्रह सोसाइटी बुक्सबाटै प्रकाशित छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.