युके विशेष

लण्डनमा नेपाल चिनाउने उत्सव : कुमार नगरकोटीका कवितादेखि किशोरका फोटोहरू देखाइयो

422views

लण्डनमा एकै मञ्चमा कविता, गीत नृत्य र फोटोग्राफीको भिडियो प्रदर्शन गरिएको छ । ‘द इकोज अफ हिमालयज्’ नाम दिइएको कार्यक्रममा नेपालबाट आएका फिक्सन डिजाइनर rolex replica uk कुमार नगरकोटीका कवितासहित प्रख्यात फोटोग्राफर किशोर कायस्थका फोटोहरू समेटिएको भिडियो देखाइएको थियो ।

‘सेन्टर फर नेपलिज कल्चर’ले युनिभर्सल पिस फाउन्डेसनको rolex Replica सहकार्यमा गरेको कार्यक्रममा नेपाली कला झल्किने नृत्य तथा बाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।

कुमार नगरकोटीको कविता वाचनसँगै सुरु भएको कार्यक्रममा निर्भीकजंग omega replica watches  रायमाझी र संगीता स्वेच्छाले पनि कविता सुनाए । यस्तै मनोज अञ्जान र प्रमोद शर्माले सारंगी र डम्फू प्रस्तुत गरे भने थारू नृत्य टोलीले थारू नाच पनि देखाएको थियो ।

यसअघि बेलायतको हाउस अफ लर्डस्‌मा ‘सेन्टर फर नेपलिज कल्चर’कै आयोजनमा कुमार नगरकोटीका कविता, किशोर कायस्थका तस्वीर प्रदर्शनसँगै हिमालयन अवार्ड वितरण गरिएको थियो ।

हिमालयन अवार्ड पाउनेमा किशोर कायस्थ (नेपाल), रुबिना शर्मा (बेल्जियम), देवी गर्बुजा (पोर्चुगल), डा. विनिता कपूर (भारत), राजेश रेग्मी (बेलायत), स्नेहा श्रेष्ठ (बेलायत) र सुमन्त बत्रा (भारत) रहेका छन् ।

उनीहरूलाई सांस्कृतिक आदानप्रदानको प्रवर्द्धन तथा नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा पुर्‍याएको निरन्तर योगदानको आधारमा चयन गरिएको आयोजक संस्थाका निर्मलकुमार थापाले बताए ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

जीवन तिवारी
जीवन तिवारी कवि एवं पत्रकार हुन् । समसामयिक विषय तथा कला-साहित्यका समाचार उनको प्राथमिकतामा पर्छ । हाल उनी युकेस्थित लन्डनमा बस्दै आएका छन् ।