युके विशेषसमाचार

बेलायतमा बेरोजगारी दर पाँच वर्षयताको उच्च, १८ लाख ८३ हजार मानिस रोजगारीविहीन

173views

बेलायत: बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ।

 यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारीविहीन रहेका छन्। उक्त तथ्यांक ‘अफिस फर नेसनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो। यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घरोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन्।

विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन्। श्रम बजारमा देखिएको सुस्तताप्रति बैंक अफ इंगल्याण्डले पनि चिन्ता व्यक्त गरेको छ।

केन्द्रीय बैंकले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने संकेत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ। यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response