युके विशेष

एल्डरसटमा खुल्यो ‘सुम्निमा एस्थेटिक क्लिनिक’ : स्वास्थदेखि सौन्दर्यसम्म

32views

एल्डरसटको हाइस्ट्रिटमा ‘सुम्निमा एस्थेटिक क्लिनिक’ खुलेको छ । आइतबार उद्घाटन गरिएको क्लिनिकमा स्वास्थ्यदेखि सौन्दर्यसम्मका विभिन्न सेवा लिन सकिने छ । मुख्य गरी छाला र कपालको लागि विभिन्न थेरापी तथा लेजर विधिसहितको सेवा क्लिनिकबाट पाउन सकिन्छ ।

एनआरएन अभियन्ता प्रेम गाहा मगर, काउन्सिलर धनबहादुर सार्की, उत्तर गुरुङ तथा फौजिया खान, कलाकार कृष्ण सुवेदीलगायतले आइतबार क्लिनिक उद्घाटन गरे । नर्सिङ शिक्षाप्राप्त दुई उद्यमी महिलाहरू सुशा श्रेष्ठ र मिना खड्का बांठामगरले सुम्निमा क्लिनिक सञ्चालन गर्न लागेका हुन् । उद्घाटनमा बोल्दै उनीहरूले आफूले सिकेको सीपलाई समुदायमा जोड्दै आधुनिक व्यवसाय सुरु गर्न पाउँदा खुसी लागेको बताए । क्लिनिकको व्यवस्थापनतर्फ भने दिपेश बाठामगर र रञ्जन श्रेष्ठ रहेका छन् ।

क्लिनिकमा महिला तथा पुरुष दुवैले सौन्दर्यको सेवा लिन सक्नेछन् । जसमा मुख्यगरी: Pigmentation & uneven skin tone, Anti-wrinkle treatments & skin rejuvenation, Acne scars & skin repair, Skin tightening & anti-ageing, Under eye dark circles, Stretch marks & body concerns Skin lightening & multivitamin boosters लगायत गरिने बताइएको छ ।

उद्घाटनकै अवसरमा सुम्निमा क्लिनिकको वेभसाइट http://www.suhminaaesthetic.co.uk बाट समेत आफू अनुकूल समय बुक गरेर सेवा लिन सकिने जानकारी पनि दिइयो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

रूपक घिमिरे
काभ्रे बनेपाका रूपक घिमिरे कविता कथा सिनेमा र कलाका पारखी हुन् । पदयात्रा उनको रुची हो । उनका कथा तथा कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनलाई ghimirerupak76@gmail.com सम्पर्क गर्न सकिने छ ।