
153views
काठमाडौँ: रोजगारीका लागि बेलायत पठाउने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
बेलायत पठाइदिने भन्दै दुई जनाबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा तारकेश्वर नगरपालिका–७ की ३५ वर्षीया नीमा डोल्मा लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
add a comment



