समाचार

बेलायतले गर्यो भिसामा थप कडाइ

549views

बेलायतमा प्रत्येकपटक सरकार परिवर्तनसँगै नयाँ सरकारले आप्रवासी नियमहरूमा केही न केही परिवर्तन गरिरहने कुरा नौलो होइन । यसपटक ऋषि सुनक सरकारले पनि आप्रवासी भिसासम्बन्धी नियममा केही कडाइका साथ परिवर्तन गरेको छ ।

आप्रवासी समस्या बेलायतको सबैभन्दा ठूलो चुनाैतिकाे रुपमा रहेकाे र यसलाई तत्काल राेक्न जरुरी रहेकाे बताउँदै बेलायतका गृहमन्त्री जेम्स क्लेवर्लिले केही नयाँ नियमहरू पारित गरेका हुन् । जसले आप्रवासी समस्या समाधानमा मद्दत पुग्ने उनले बताएका छन् ।

परिवर्तन गरिएका नियमहरुले प्रत्यक्ष रुपमा कामदार र डिपेन्डेन्ट भिसामा आउने आप्रवासी वा कामदारलाई बढी असर पर्ने देखिऐकाे छ । लागू गरिएको नयाँ नियमअनुसार अब बेलायतमा कामदार भिसामा आउन चाहने आप्रवासीहरुकाे वार्षिक आम्दानी कम्तीमा ३८ हजार ७ सय पाउण्ड हुनुपर्ने रहेको छ । यसअघि वार्षिक आम्दानी २६ हजार ६०० पाउण्ड हुनुपर्ने नियम रहँदै आएकाे थियाे । स्वास्थ्य तथा केयर भिसामा आउनेहरूलाई भने याे नियम लागू हुने छैन ।

फेमिलि भिसाअन्तर्गत डिपेन्डेन्ट भिसामा लिएर आउन चाहनेहरुकाे पनि बार्षिक आम्दानीमा बृद्दि गरेकाे छ । यसअघि १८ हजार ७०० रहेकाे बार्षिक आम्दानीमा बृद्दि गरेर ३८ हजार ७०० पुर्याएको छ । त्यसैगरी केयर भिसामा आउने आप्रवासीहरू पनि कुनै पनि डिपेन्डेन्ट ल्याउन पाउने छैनन् । यसअघि नै आगामी जनवरीदेखि लागू हुने गरी विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले डिपेन्डेन्ट ल्याउन नपाउने नियम सार्वजनिक भइसकेको छ ।

जुन २०२३ काे रिपोर्ट अनुसार एक वर्षमा ७ लाख ७२ हजार आप्रवासीहरुकाे संख्यामा बृद्दि भएकाे देखिएकाे छ ।जसमा एकलाख बीस हजार डिपेन्डेन्ट मात्रै रहेको तथ्यांकले बताएको छ । मन्त्री क्लेवर्लिले परिवर्तन गरिएका नियमहरुले बेलायतको आप्रवासी समस्या समाधानमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

अन्तरराष्ट्रिय विद्यार्थीहरूको हकमा पढाइ पुरा गरेपछि मात्र वर्कीङ भिसामा जान पाउने नियम यसअघि नै आइसकेको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

जीवन तिवारी
जीवन तिवारी कवि एवं पत्रकार हुन् । समसामयिक विषय तथा कला-साहित्यका समाचार उनको प्राथमिकतामा पर्छ । हाल उनी युकेस्थित लन्डनमा बस्दै आएका छन् ।