
पहिचान पुरस्कार कोषले २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । मंसिर २६ गते बसेको कोषको बैठकले उत्कृष्ट आठ पुस्तकमध्येबाट दुईवटा कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
उपन्यासकार प्रगति राईले लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेकी छिन् उनको उपन्यास थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि बंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाइएको छ ।
लेखक एवं कवि प्रकाश गुरागाईं पहिचानसम्बन्धी लेखन र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्ष अघिको न्युरोड, काठमाडौं र समग्र साहित्यको इतिहासलाई खोतलेको छ ।
संस्थाका अध्यक्ष नरेश काङमाङ राईका अनुकार २०८१ साल वैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’ (रिमाचुङ सिलीचुङ) गाउँपालिका-४ को सुन्दर डाँडा चखियामा पहिचान पुरस्कार वितरण गरिने छ । उक्त अवसरमा वैशाख २३ गते एकदिने ‘काव्य मुन्धुम पदयात्रा’ समेत गरिने काङमाङले जनाए ।



