समाचार

‘जनप्रगतिशील मञ्च युके’को अध्यक्षमा नवीन स्याङ्तान

1kviews

नेकपा माओवादीको प्रवास संगठन ‘नेपाली जनप्रगतिशील मञ्च, युके’को पाँचौँ अधिवेशनले नवीन स्याङ्तानको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

आइतबार गरिएको अधिवेशनले उपाध्यक्षमा वृजम राई, राजमणि राई तथा प्रेम तामाङ चयन गरेको छ । यसैगरी महासचिवमा निर्भीक रायमाझी ‘दृष्टान्त’ सचिवमा प्रकाश दोङ, पूर्णिमा स्याङ्तान रहेका छन् । कोषाध्यक्षमा पृथिलाल याख्खा र सहकोषाध्यक्षमा आशिष खड्का रहेका छन् ।

यसैगरी सदस्यहरू महेन्द्र तामाङ, सन्दीप थापा, मीरा तामाङ, देऊमान जिमी, कन्चन थापा, अन्जु मोक्तान, देऊमान जिमी, दिनेश राई, प्रदीप राई, श्रीराम बिक, कृष्ण भट्टराई, राजकुमार तामाङ, सन्दिप थापा, अमित खड्का, छविलाल राणा सुजन पराजुलीलगायत रहेका छन् ।

अध्यक्ष नवीन स्याङ्तानको टोलीले मुख्यगरी पाँचवटा विषयलाई उठान गरेको छ । नेपालको संविधान र कानुनलाई लत्याउँदै विदेशी पासर्पोट बोकर नेपालीको राजनीति गर्नेहरूविरुद्ध प्रस्तुत भएको छ । यस्तै, अति जातिवादी तथा एकल समुदायको प्रतिनिधित्वको गरी युके र युरोपमा माओवादीको संगठनको दुरुपयोग गर्नेविरुद्ध आवाज उठाएको छ । यस्तै, युकेमा रहेका विद्यार्थी तथा श्रमजीवि युवाहरूलाई जथाभावि भनी हुर्मत लिनेलाई चेतावनी दिएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.