साहित्य

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

104views

वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी-रिड प्रकाशनले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् ।

आधुनिक अल्टरनेटिङ करेन्ट (एसी) प्रणालीमा टेस्लाको महत्वपूर्ण योगदान छ । उनको जन्म सन् १८५६ मा अस्ट्रियामा भएको थियो । उनका परिवार सर्बियाका नागरिक भए पनि स्मिलजनस्थित उनको गाउँ हाल क्रोएसियामा पर्छ ।

टेस्लाको जीवनी आफैमा रोमाञ्चक उपन्यासजस्तै छ । उनी सर्वसाधारण मानिसले कल्पना गर्नसम्म नसक्ने कुरा सम्भव गराउन सक्थे । उनको शरीर नै मानिसका लागि विचित्रको थियो, जहाँ उनी लाखौँ भोल्टको विद्युत् शक्तिको प्रवाह गराउन सक्थे ।

एक कट्टर धार्मिक पुजारीको सन्तान भएर पनि पिताको पन्थमा नगई उनले विज्ञानको अन्वेषण र अनुसन्धानको बाटो रोजे । आमाको निधनले टेस्लाको जीवनमा निकै हलचल मच्चायो । टेस्लालाई सबैभन्दा दुःखान्त पीडा सहोदर दाजु गुमाउनुमा भयो, उनले यो घटनालाई जीवनभर भुल्न सकेनन् ।
टेस्लाले कहिल्यै विवाह गरेनन् । उनको निधन सन् १९४३ मा न्यूयोर्कस्थित एक होटलको कोठामा भयो । बेलग्रेडमा निकोला टेस्ला संग्रहालय सञ्चालनमा छ, जहाँ अझै बर्सेनि हजारौँ मानिस अवलोकनका लागि पुग्ने गर्छन् ।

यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्ने जोकोहीलाई उत्साह भर्ने खालको छ । कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो । यसका मूल लेखकको पश्चिमी दर्शन, साहित्य र ग्रिक मिथकका प्रसंगहरू उपन्यासमा ल्याएका छन् । त्यसलाई आमपाठकले सजिलै बुझून् भनेर यस्ता प्रासङ्गिक शब्दको छोटो परिचय प्रकोष्ठमा राखेर अझ सरल बनाइएको छ । अनुवादको भाषा सरल र शिष्ट छ ।

नेपाली पाठकका लागि फरक स्वादको यो जीवनीमा आधारित उपन्यासले आनन्द दिने वी रिडले अपेक्षा राखेको छ । जम्मा ५२७ पृष्ठ रहेको यस पुस्तकको मूल्य १ हजार ५० रुपैयाँ राखिएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.